Matthew 3:8
तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ।
Matthew 3:8 in Other Translations
King James Version (KJV)
Bring forth therefore fruits meet for repentance:
American Standard Version (ASV)
Bring forth therefore fruit worthy of repentance:
Bible in Basic English (BBE)
Let your change of heart be seen in your works:
Darby English Bible (DBY)
Produce therefore fruit worthy of repentance.
World English Bible (WEB)
Therefore bring forth fruit worthy of repentance!
Young's Literal Translation (YLT)
bear, therefore, fruits worthy of the reformation,
| Bring forth | ποιήσατε | poiēsate | poo-A-sa-tay |
| therefore | οὖν | oun | oon |
| fruits | καρποὺς | karpous | kahr-POOS |
| meet | ἀξίους | axious | ah-KSEE-oos |
| τῆς | tēs | tase | |
| for repentance: | μετανοίας | metanoias | may-ta-NOO-as |
Cross Reference
प्रेरित 26:20
मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति र्फक र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदीयाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।
एफिसी 5:9
प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ।
गलाती 5:22
तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
लूका 3:8
तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
यर्मिया 36:3
हुनसक्छ यहूदाका परिवारले गरेका दुर्ष्टकमहरू विरूद्ध मैले गरिरहेको योजना बारे यहूदाका मानिसहरूले सुन्नेछन् अनि हुनसक्छ तिनीहरू दुष्ट कामहरू गर्नदेखि रोकिनेछन्। यदि तिनीहरूले त्यसो गरे भने म तिनीहरूले गरेका अपराधहरू र पाप क्षमा गरिदिनेछु।”
2 पत्रुस 1:4
यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरु दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरु इश्वरीय स्वभावका सहभागी होओ।
फिलिप्पी 1:11
म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सुकर्महरू गर्न सक्छौ।
2 कोरिन्थी 7:10
परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।
रोमी 2:4
के तिमी परमेश्वरका दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?
लूका 3:10
मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”
मत्ती 21:32
यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।
मत्ती 21:28
“तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’
यर्मिया 26:13
तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ।
यर्मिया 7:3
सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ। ‘तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।
यशैया 1:16
“आफु स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाँहदिन गल्ती काम नगर!