Mark 12:13 in Nepali

Nepali Nepali Bible Mark Mark 12 Mark 12:13

Mark 12:13
त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रने चाहन्थे।

Mark 12:12Mark 12Mark 12:14

Mark 12:13 in Other Translations

King James Version (KJV)
And they send unto him certain of the Pharisees and of the Herodians, to catch him in his words.

American Standard Version (ASV)
And they send unto him certain of the Pharisees and of the Herodians, that they might catch him in talk.

Bible in Basic English (BBE)
Then they sent to him certain of the Pharisees and the Herodians, so that they might make use of his words to take him by a trick.

Darby English Bible (DBY)
And they send to him certain of the Pharisees and of the Herodians, that they might catch him in speaking.

World English Bible (WEB)
They sent some of the Pharisees and of the Herodians to him, that they might trap him with words.

Young's Literal Translation (YLT)
and they send unto him certain of the Pharisees and of the Herodians, that they may ensnare him in discourse,

And
Καὶkaikay
they
send
ἀποστέλλουσινapostellousinah-poh-STALE-loo-seen
unto
πρὸςprosprose
him
αὐτόνautonaf-TONE
certain
τιναςtinastee-nahs
of
the
τῶνtōntone
Pharisees
Φαρισαίωνpharisaiōnfa-ree-SAY-one
and
καὶkaikay
of
the
τῶνtōntone
Herodians,
Ἡρῳδιανῶνhērōdianōnay-roh-thee-ah-NONE
to
ἵναhinaEE-na
catch
αὐτὸνautonaf-TONE
him
ἀγρεύσωσινagreusōsinah-GRAYF-soh-seen
in
his
words.
λόγῳlogōLOH-goh

Cross Reference

लूका 20:20
यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो।

लूका 11:54
उहाँले केही भन्नु हुन्थ्यो कि भनेर तिनीहरूले जालमा फसाँउने चेष्टा गरे।

मर्कूस 3:6
तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।

मर्कूस 8:15
येशूले तिनीहरूलाई सर्तक गराउनु भयष्ठ्वो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”

मत्ती 22:15
तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए।

मत्ती 16:6
येशूले तिनीहरूलाई भन्नुभयो, “आफैलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आफैलाई जोगाऊ।”

यर्मिया 18:18
तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”

यशैया 29:21
ती मानिसहरूले असल मानिसहरूका बारेमा झूटो कुरा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई न्यायालयमा पुर्याउन खोज्दछन्। ती निर्दोष मानिसहरूलाई नाश पार्न चाहन्छ।

भजनसंग्रह 140:5
ती अंहकारीहरूले मेरो निम्ति पासो थापे। तिनीहरूले मलाई पक्रन भनी जाल फिंजाए। तिनीहरूले मेरो बाटोमा पासो थापे।

भजनसंग्रह 56:5
मेरा शत्रुहरूले सधैं मेरा कुराहरूको उल्टो अर्थ लाउछन्। तिनीहरूले सधैं मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।

भजनसंग्रह 38:12
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।