Luke 7:13 in Nepali

Nepali Nepali Bible Luke Luke 7 Luke 7:13

Luke 7:13
जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”

Luke 7:12Luke 7Luke 7:14

Luke 7:13 in Other Translations

King James Version (KJV)
And when the Lord saw her, he had compassion on her, and said unto her, Weep not.

American Standard Version (ASV)
And when the Lord saw her, he had compassion on her, and said unto her, Weep not.

Bible in Basic English (BBE)
And when the Lord saw her, he had pity on her and said to her, Be not sad.

Darby English Bible (DBY)
And the Lord, seeing her, was moved with compassion for her, and said to her, Weep not;

World English Bible (WEB)
When the Lord saw her, he had compassion on her, and said to her, "Don't cry."

Young's Literal Translation (YLT)
And the Lord having seen her, was moved with compassion towards her, and said to her, `Be not weeping;'

And
καὶkaikay
when
the
ἰδὼνidōnee-THONE
Lord
αὐτὴνautēnaf-TANE
saw
hooh
her,
κύριοςkyriosKYOO-ree-ose
compassion
had
he
ἐσπλαγχνίσθηesplanchnisthēay-splahng-HNEE-sthay
on
ἐπ'epape
her,
αὐτῇautēaf-TAY
and
καὶkaikay
said
εἶπενeipenEE-pane
unto
her,
αὐτῇautēaf-TAY
Weep
Μὴmay
not.
κλαῖεklaieKLAY-ay

Cross Reference

हिब्रू 4:15
हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।

लूका 8:52
सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, उ सुतिरहेकी छे।

यर्मिया 31:20
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो, म त्यो बालकलाई विशेष प्रेम गर्छु हो, मैले प्राय एप्रैमलाई निन्दा गरें, तर म अझ उसैको बारेमा सोच्दछु म उसलाई साँच्चै माया गर्छु। अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।”

न्यायकर्ता 10:16
तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।

यूहन्ना 11:2
मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए।

यूहन्ना 11:33
येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो।

यूहन्ना 20:13
स्वर्गदूतहरूले मरियमलाई सोधे, “हे! नारी! किन रोईरहेकी छौ?”मरियमले जवाफ दिइन, “कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन।”

यूहन्ना 20:15
येशूले उनलाई सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?”मरियमले उहाँलाई त्यहाँ बगैंचाको माली सम्झी। तब मरियमले उहाँलाई सोधी, “के तिमीले येशूलाई लग्यौ, महोदय? भन उहाँलाई कहाँ राखेकाछौ। म त्यही जानेछु र उहाँलाई लानेछु।”

1 कोरिन्थी 7:30
जो दुःखित छन् तिनीहरू दुःख नपाएको जस्तै बसुन्। जो र्हषित छन् तिनीहरू र्हष नभएको जस्तै बसुन् किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बसून्।।

1 थिस्सलोनिकी 4:13
दाज्यू-भाइहरु र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्।

हिब्रू 2:17
यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्।

लूका 24:34
“प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”

लूका 22:61
त्यसपछि प्रभु येशू र्फकनु भयो अनि पत्रुसलाईर् हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।”

भजनसंग्रह 86:15
हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ। तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।

भजनसंग्रह 103:13
परमप्रभु आफ्ना भक्तजनहरूसंग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।

यशैया 63:9
मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दुखी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो; अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।

यर्मिया 31:15
परमप्रभु भन्नुहुन्छ “रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो। राहेल आफ्ना नानीहरूका लागि रूनेछिन राहेललाई सान्त्वना दिनु सकिदैन किनभने उनका नानीहरू मरेका छन्।”

विलाप 3:32
जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।

मर्कूस 8:2
येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसंग छन्। अनि अहिलेसम्म तिनीहरूसंग खानेकुरा केही छैन।

लूका 7:19
यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”

लूका 10:1
त्यसपछि, प्रभु येशूले 72जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुई दुई जनाको दल बनाई आफू जुन जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो।

लूका 13:15
प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ?

लूका 17:5
प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”

भजनसंग्रह 86:5
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ। तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।