Isaiah 30:2 ती केटा-केटीहरू सहायता माग्नलाई मिश्रतिर झर्दैछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माँगेनन्। तिनीहरूले आशा गर्छन कि मसँग फिरऊनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरोस् भन्ने चाहन्छन्।
Isaiah 30:2 in Other Translations
King James Version (KJV) That walk to go down into Egypt, and have not asked at my mouth; to strengthen themselves in the strength of Pharaoh, and to trust in the shadow of Egypt!
American Standard Version (ASV) that set out to go down into Egypt, and have not asked at my mouth; to strengthen themselves in the strength of Pharaoh, and to take refuge in the shadow of Egypt!
Bible in Basic English (BBE) Who make a move to go down into Egypt, without authority from me; who are looking to the strength of Pharaoh for help, and whose hope is in the shade of Egypt.
Darby English Bible (DBY) who walk to go down into Egypt, and have not asked of my mouth, -- to take refuge under the protection of Pharaoh, and trust in the shadow of Egypt!
World English Bible (WEB) that set out to go down into Egypt, and have not asked at my mouth; to strengthen themselves in the strength of Pharaoh, and to take refuge in the shadow of Egypt!
Young's Literal Translation (YLT) Who are walking to go down to Egypt, And My mouth have not asked, To be strong in the strength of Pharaoh, And to trust in the shadow of Egypt.
Read Full Chapter :
Isaiah 30
Cross Reference
गन्ती 27:21
यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, ‘तब तिनीहरू घर जानेछन्।”
यशैया 36:6
के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिम्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन्।
यर्मिया 43:7
ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए।
1 राजा 22:7
तर यहोशापातले भने, “के यहाँ अरू परमेश्वरका अगमवक्ताहरू छन्? यदि छन् भने हामीले सोध्नु पर्छ परमेश्वर के भन्नुहुन्छ।”
2 राजा 17:4
पछि होशेले मिश्रका राजालाई मद्दत माग्न दूत पठाए। त्यस राजाको नाउँ ‘सो’ थियो। त्यस वर्ष होशेले अश्शूरका राजालाई प्रत्येक वर्ष दिए जस्तै कर दिएनन्। अश्शूरका राजाले थाहपाए, होशेले उनको विरोधमा षड्यन्त्र रचेका छन्। यस कारण अश्शूरका राजाले होशेलाई बन्दी बनाए अनि जेलमा थुने।
यशैया 16:3
तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्! के गर्नु पर्ने हो बताउनु होस्! मध्यदिनहको घामबाट हामीलाई ओझल पारे जस्तै हाम्रा शत्रुहरूबाट हामीलाई बचाउँनु होस। हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं। हामीलाई लुकाउनु होस्! शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”
यशैया 18:1
कूश देशसंग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन; तिनीहरूले चलाएको पखेटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ।
यशैया 20:5
मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”
यशैया 31:1
मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।
व्यवस्था 28:68
परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, “तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।” मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।
यर्मिया 21:2
पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”
यर्मिया 37:5
फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूतिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए।
यर्मिया 42:2
ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौ तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं।
यर्मिया 42:20
तिमीहरूले गल्ती गरिरहेका छौ जुन गल्ती तिमीहरूकै मृत्युको कारण बनिनेछ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ पठायौ र भन्यौ, ‘हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसंग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।’
विलाप 4:20
राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”
इजकिएल 29:6
तब मिश्रमा बस्ने सबै मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ। म यो कामहरू किन गर्दैछु? किनकि इस्राएलका मानिसहरूले तिनीहरूको भरोसा मिश्रमाथि गरे तर मिश्रमाथि भरोसा गर्नु चाँहि पात्लो घाँसको पातमा अडेस लाग्नु सरह हो।
यशैया 36:9
तर त्यसो हुँदा पनि तिमीहरूले मेरो मालिकका निम्न स्तरका अधिकारीहरू सम्मलाई पराजित गर्न सक्दैनौ। यसकारण किन तिमीहरू लगातार मिश्रका रथहरू र घोड-सवारी सेनाहरूमा भर पर्छौ?
यहोशू 9:14
इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो।
न्यायकर्ता 9:15
तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, “यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।”