Hosea 6:7 in Nepali

Nepali Nepali Bible Hosea Hosea 6 Hosea 6:7

Hosea 6:7
तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे। त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए।

Hosea 6:6Hosea 6Hosea 6:8

Hosea 6:7 in Other Translations

King James Version (KJV)
But they like men have transgressed the covenant: there have they dealt treacherously against me.

American Standard Version (ASV)
But they like Adam have transgressed the covenant: there have they dealt treacherously against me.

Bible in Basic English (BBE)
But like a man, they have gone against the agreement; there they were false to me.

Darby English Bible (DBY)
But they like Adam have transgressed the covenant: there have they dealt treacherously against me.

World English Bible (WEB)
But they, like Adam, have broken the covenant. They were unfaithful to me, there.

Young's Literal Translation (YLT)
And they, as Adam, transgressed a covenant, There they dealt treacherously against me.

But
they
וְהֵ֕מָּהwĕhēmmâveh-HAY-ma
like
men
כְּאָדָ֖םkĕʾādāmkeh-ah-DAHM
have
transgressed
עָבְר֣וּʿobrûove-ROO
covenant:
the
בְרִ֑יתbĕrîtveh-REET
there
שָׁ֖םšāmshahm
have
they
dealt
treacherously
בָּ֥גְדוּbāgĕdûBA-ɡeh-doo
against
me.
בִֽי׃vee

Cross Reference

होशे 8:1
“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे।

होशे 5:7
तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।

अय्यूब 31:33
अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन तर मैले मेरो दोष कहिल्यै लुकाइन।

उत्पत्ति 3:11
तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”

हिब्रू 8:9
यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ। त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ। तर मैले दिएको करारको अनुसरण तिनले गरेनन् तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ।

इजकिएल 16:59
परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो, “तिमीले आफ्नो विवाहको प्रतिज्ञा भंग गर्यौ। तिमीले हाम्रो करारको आदर गरेनौ।

यर्मिया 31:32
यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भंग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।

यर्मिया 9:6
एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्‌यायो। अनि झूटोले झूटै पछ्‌यायो। मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।” परमप्रभुले ती कुराहरू भन्नुभयो।

यर्मिया 5:11
इस्राएलका परिवारहरू अनि यहूदा सम्पूर्णरूपले म प्रति अविश्वासी भए।” यो सन्देश परमप्रभुबाट आएको हो।

यर्मिया 3:7
मैले आफैलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बाहिनी यहूदाले देखी।

यशैया 48:8
“तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ। केही पनि सिकेनौ। मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ। म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरूद्ध उठ्नेछौ। तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरूद्धमा आन्दोलन गर्यौ।

यशैया 24:16
संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्। ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ। तर म भन्छु “मलाई पीर छ! म दुखमा छु। म जे देख्छु, ती भयंकर चीजहरू हुन्। देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन् अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।

यशैया 24:5
यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे।

2 राजा 17:15
मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसंग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेताउनी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलाग्ने थिए अनि तिनीहरू आफै पनि काम नलाग्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इस्राएलका मानिसहरूलाई चेताउनी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो।

उत्पत्ति 3:6
तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।