Skip to content
CHRIST SONGS .IN
TAMIL CHRISTIAN SONGS .IN
  • Lyrics
  • Chords
  • Bible
  • /
  • A
  • B
  • C
  • D
  • E
  • F
  • G
  • H
  • I
  • J
  • K
  • L
  • M
  • N
  • O
  • P
  • Q
  • R
  • S
  • T
  • U
  • V
  • W
  • X
  • Y
  • Z

Index
  • A
  • B
  • C
  • D
  • E
  • F
  • G
  • H
  • I
  • J
  • K
  • L
  • M
  • N
  • O
  • P
  • Q
  • R
  • S
  • T
  • U
  • V
  • W
  • X
  • Y
  • Z
Hosea 5 KJV ASV BBE DBY WBT WEB YLT

Hosea 5 in Nepali WBT Compare Webster's Bible

Hosea 5

1 “हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ।

2 शित्तीमका खाल्डाहरू तिनीहरूले खुब गहीरा पारेकाछन्। तर म तिनीहरू सबैलाई दण्ड दिनेछु।

3 म एप्रैमलाई चिन्दछु औ इस्राएल मबाट लुकेको छैन। हे एप्रैम! तैंले व्यभिचार गरिस्। इस्राएल अशुद्ध भएकोछ।

4 तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परमेश्वर तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्।

5 इस्राएलको अहंकारले आफ्नै विरूद्धमा सबूत दिन्छ। यसकारण, एप्रैम र यहूदा दुवै आ-आफ्नो दोषसित ठोकिनेछन्।

6 “तिनीहरू आफ्ना ‘भेडा-बाख्रा’ र ‘गाई गोरू’ लिएर परमप्रभुलाई खोज्न आउँछन्, तर तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँ तिनीहरूदेखि हट्नु भएको छ।

7 तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।

8 “गिबामा सींङ अनि रामामा तुरही फुक। बेतावनमा खतराको घन्टी बजाऊ। हे बिन्यामीन, थरथर होऊ।

9 दण्डको दिनमा एप्रैम उजाड हुनेछ। जे कुरो निश्चय हुनेवाला छ त्यो इस्राएलका सारा कुलहरूलाई मैले जनाएको छु।

10 यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन जो आफ्नो सीमा रेखा बढाउछन्। म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।

11 एप्रैम कष्टमा परेको छ, मेरो न्यायमा त्यो चूर्ण भएको छ, किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।

12 अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा अनि यहूदाको घरको निम्ति क्षय जस्तो हुँ।

13 जब एप्रैमले आफ्नो रोग देख्यो र यहूदाले आफ्ना चोट देख्यो तब एप्रैम अश्शूरकहाँ गयो, त्यसले ठूलो राजाकहाँ मानिस पठायो। तर त्यसले तिमीलाई निको पार्न सक्तैन। न त त्यसले तिम्रो चोटलाई जाती पार्न सक्नेछ।

14 किनभने म एप्रैमका निम्ति एउटा सिंह अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु। म आफै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु। म तिनीहरूलाई उठाएर लानेछु। अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।

15 जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु। आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”

  • Tamil
  • Hindi
  • Malayalam
  • Telugu
  • Kannada
  • Gujarati
  • Punjabi
  • Bengali
  • Oriya
  • Nepali

By continuing to browse the site, you are agreeing to our use of cookies.

Close