Acts 27:23 in Nepali

Nepali Nepali Bible Acts Acts 27 Acts 27:23

Acts 27:23
हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु।

Acts 27:22Acts 27Acts 27:24

Acts 27:23 in Other Translations

King James Version (KJV)
For there stood by me this night the angel of God, whose I am, and whom I serve,

American Standard Version (ASV)
For there stood by me this night an angel of the God whose I am, whom also I serve,

Bible in Basic English (BBE)
For this night there came to my side an angel of the God who is my Master and whose servant I am,

Darby English Bible (DBY)
For an angel of the God, whose I am and whom I serve, stood by me this night,

World English Bible (WEB)
For there stood by me this night an angel, belonging to the God whose I am and whom I serve,

Young's Literal Translation (YLT)
for there stood by me this night a messenger of God -- whose I am, and whom I serve --

For
παρέστηparestēpa-RAY-stay
there
stood
by
γάρgargahr
me
μοιmoimoo
this
τῇtay
night
νυκτὶnyktinyook-TEE
the
ταύτῃtautēTAF-tay
angel
ἄγγελοςangelosANG-gay-lose

of
τοῦtoutoo
God,
θεοῦtheouthay-OO
whose
οὗhouoo
I
am,
εἰμιeimiee-mee
and
oh
whom
καὶkaikay
I
serve,
λατρεύωlatreuōla-TRAVE-oh

Cross Reference

प्रेरित 5:19
तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने,

प्रेरित 23:11
अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो। “सहासी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”

रोमी 1:9
प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैं सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ।

दानियल 6:22
मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”

दानियल 6:16
तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैं आराधना गर्छौ, तिमीलाई बचाउन।”

प्रेरित 18:9
राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसंग बोलिरहौ! नरोक!

2 तिमोथी 4:17
तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ।

हिब्रू 1:14
सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

रोमी 6:22
तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ।

रोमी 1:1
ख्रीष्ट येशूको सेवक पावलबाट। परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ।

प्रेरित 16:17
त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।”

तीतस 2:14
उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।

प्रेरित 12:23
हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र भित्रै कीराले खायो अनि मरे।

1 कोरिन्थी 6:20
परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।

2 तिमोथी 1:3
दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु।

2 तिमोथी 2:24
प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। उ सहनशील हुनुपर्छ।

तीतस 1:1
परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ।

1 पत्रुस 2:9
तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।

प्रकाश 22:16
“मैले मण्डलीहरुका निम्ति यी कुराहरु तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”

श्रेष्ठगीत 2:16
मेरा प्रेमी मेरा हुनु हुन्छ अनि म उहाँकी, मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।

प्रेरित 12:8
स्वर्गदूतले पत्रुसलाई भने, “तयार हौ, तिम्रा जुत्ताहरू लगाऊ।” पत्रुसले त्यसै गरे। दूतले भन्यो, “तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग।

प्रेरित 8:26
परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ । यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।”

यर्मिया 31:33
“म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।

यशैया 44:21
“याकूब, यी कुराहरू याद राख। इस्राएल, याद राख, तिमी मेरो सेवक हौ। मैले तिमीलाई बनाएँ! तिमी मेरो सेवक हौ यसकारण इस्राएल, म तिमीलाई कहिल्यै बिर्सिने छैन्।

यशैया 44:5
“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”‘

श्रेष्ठगीत 6:3
म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ। उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ।

भजनसंग्रह 143:12
हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस, अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस जसले मलाई मार्ने प्रयास गरिरहेका छन। किन? किनभने म तपाईंको दास हुँ।

भजनसंग्रह 135:4
परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो।

भजनसंग्रह 116:16
हे परमप्रभु, म तपाईंको दास हुँ। म तपाईंकी एकजना सेविकाको बालक हुँ। परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो!

व्यवस्था 32:9
परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।

यर्मिया 32:38
तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु।

इजकिएल 36:38
यरूशलेममा विशेष चाडहरूको अवसरमा पवित्र बनाएको भेडा अनि बाख्राहरू भरिने छ। यस्तै प्रकारले शहरहरू अनि नष्ट भएका भूमिहरू मानिसको भीडले भरिन्छ। त्यतिबेला मानिसहरूले सम्झनेछन् म परमप्रभु हुँ।”

यूहन्ना 17:9
तिनीहरूकै निम्ति अब म प्रार्थना गर्दछु। म तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन जो संसारमा छन्। तर म तिनीहरूका निम्ति प्रार्थना गरिरहेकोछु जो तपाईंले मलाई दिनुभयो। किनभने तिनीहरू तपाईंकै हुन्।

यूहन्ना 12:26
जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसंग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।

मलाकी 3:17
परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरू मेरो हुन्। म उनीहरू प्रति कृपा दर्शाउँछु। मानिहरूले ती नानीहरूमाथि ज्यादा दया राख्छन् जसले आज्ञा पालन गर्छन्। यस्तै प्रकारले म आफ्नो भक्तहरूमाथि कृपा राख्छु।

जकरिया 13:9
त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन् परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।”‘

दानियल 6:20
राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?”

दानियल 3:28
त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउँनु भयो।

दानियल 3:26
त्यस पछि नबूकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्नगो सर्वोच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।” त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए।

दानियल 3:17
यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ।

प्रस्थान 19:5
यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो।