2 Timothy 3:4
अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्।
2 Timothy 3:4 in Other Translations
King James Version (KJV)
Traitors, heady, highminded, lovers of pleasures more than lovers of God;
American Standard Version (ASV)
traitors, headstrong, puffed up, lovers of pleasure rather than lovers of God;
Bible in Basic English (BBE)
False to their friends, acting without thought, lifted up in mind, loving pleasure more than God;
Darby English Bible (DBY)
traitors, headlong, of vain pretensions, lovers of pleasure rather than lovers of God;
World English Bible (WEB)
traitors, headstrong, conceited, lovers of pleasure rather than lovers of God;
Young's Literal Translation (YLT)
traitors, heady, lofty, lovers of pleasure more than lovers of God,
| Traitors, | προδόται | prodotai | proh-THOH-tay |
| heady, | προπετεῖς | propeteis | proh-pay-TEES |
| highminded, | τετυφωμένοι | tetyphōmenoi | tay-tyoo-foh-MAY-noo |
| pleasures of lovers | φιλήδονοι | philēdonoi | feel-A-thoh-noo |
| more | μᾶλλον | mallon | MAHL-lone |
| than | ἢ | ē | ay |
| lovers of God; | φιλόθεοι | philotheoi | feel-OH-thay-oo |
Cross Reference
1 तिमोथी 3:6
अगुवा नव-परिर्वतित विश्वासी हुनुहुँदैन। नत्र ऊ स्वयं घमण्डी बन्नेछ। तब उसको घमण्डका निम्ति दुष्टात्मालाई दण्ड दिए झैं उसलाई पनि दण्ड दिइनेछ।
फिलिप्पी 3:18
धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु।
यहूदा 1:19
यी मानिसहरु तिनीहरुका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरुको आत्मा हुँदैन।
यहूदा 1:8
ती तिमीहरुका दलमा पस्ने मानिसहरु पनि त्यही अनुसरण गर्छन्। तिनीहरुलाई तिनीहरुको सपनाले डोर्याएको छ अनि तिनीहरुले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरु आफैलाई अनैतिक बनाउँछन्। तिनीहरु परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरुको निन्दा गर्छन्।
यहूदा 1:4
कोही मानिसहरु तिमीहरुको समूहमा सुटुक्क पसेका छन्। तिनीहरुले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरुले तिनीहरुको विषयमा लेखेका थिए। तिनीहरु परमेश्वरका शत्रुहरु हुन्। तिनीहरुले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरु हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।
2 पत्रुस 2:10
जो मानिसहरु तिनीहरुको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरु जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरुलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ।यी झूटा शिक्षकहरु आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरु स्वयं गर्व गर्छन्। तिनीहरु महिमामय स्वर्गदूतहरुको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।
1 तिमोथी 6:17
यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।
1 तिमोथी 5:6
तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो।
रोमी 16:18
त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्।
रोमी 11:20
त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन।