Bible

2 Samuel 22 - WEB (Nepali)

1 David spoke to Yahweh the words of this song in the day that Yahweh delivered him out of the hand of all his enemies, and out of the hand of Saul:परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ।

2 and he said, Yahweh is my rock, and my fortress, and my deliverer, even mine;परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ।

3 God, my rock, in him will I take refuge; My shield, and the horn of my salvation, my high tower, and my refuge; My savior, you save me from violence.उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु परमेश्वर मेरो सुरक्षा कवच उहाँको परमशक्तिले मलाई बचाउँछ परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ मेरो सुरक्षाको स्थान, मेरो उच्च टाकुरामा निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।

4 I will call on Yahweh, who is worthy to be praised: So shall I be saved from my enemies.तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।

5 For the waves of death compassed me; The floods of ungodliness made me afraid:मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्। धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो।

6 The cords of Sheol were round about me; The snares of death came on me.चिहानको साङ्गलोले म बेह्रिए मृत्युको पासो मेरो अघिल्तिर पर्यो

7 In my distress I called on Yahweh; Yes, I called to my God: He heard my voice out of his temple, My cry [came] into his ears.हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिए, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो।

8 Then the earth shook and trembled, The foundations of heaven quaked Were shaken, because he was angry.पृथ्वी हल्लियो, भुईचालो गयो आकाशको आधार हल्लियो किन? किनभने परमप्रभु रिसाउनु भएको थियो।

9 There went up a smoke out of his nostrils, Fire out of his mouth devoured: Coals were kindled by it.परमेश्वरको नाकबाट धूवाँ निस्क्यो मुखबाट बलिरहेको ज्वाला निस्क्यो उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो।

10 He bowed the heavens also, and came down; Thick darkness was under his feet.परमप्रभु आकाश च्यातेर तल आउनुभयो! उहाँ बाक्लो कालो बादलमा उभिनुभयो!

11 He rode on a cherub, and did fly; Yes, he was seen on the wings of the wind.उहाँ उड्ने दूतहरूमाथि हावामा उडिरहनु भएको थियो।

12 He made darkness pavilions round about him, Gathering of waters, thick clouds of the skies.परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो।

13 At the brightness before him Coals of fire were kindled.उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बाल्यो।

14 Yahweh thundered from heaven, The Most High uttered his voice.परमप्रभु स्वर्गबाट गर्जनु भयो! र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।

15 He sent out arrows, and scattered them; Lightning, and confused them.परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो। परमप्रभुको चट्याङद्वारामानिसहरू साह्रै डराए।

16 Then the channels of the sea appeared, The foundations of the world were laid bare, By the rebuke of Yahweh, At the blast of the breath of his nostrils.परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा शक्तिशाली हावा तपाईंको मुखबाट बह्‌यो र पानी जति सबै पन्छियो यसैले हामीले समुद्रको फेदलाई देख्न र धर्तीको आधारलाई देख्न सक्ने भयौं।

17 He sent from on high, he took me; He drew me out of many waters;परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो।

18 He delivered me from my strong enemy, From those who hated me; for they were too mighty for me.मेरा शत्रुहरू मभन्दा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे मेरो लागि शत्रुहरू बलिया थिए यसैले परमेश्वरले मलाई बचाउँनुभयो।

19 They came on me in the day of my calamity; But Yahweh was my stay.म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे। तर परमप्रभुचाहिं मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो!

20 He brought me forth also into a large place; He delivered me, because he delighted in me.परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित स्थानमा पुर्याउनु भयो।

21 Yahweh rewarded me according to my righteousness; According to the cleanness of my hands has he recompensed me.परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन, यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।

22 For I have kept the ways of Yahweh, And have not wickedly departed from my God.के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने। मेरो परमेश्वरको विरूद्ध मैले पाप गरिनँ।

23 For all his ordinances were before me; As for his statutes, I did not depart from them.म सधै परमप्रभुको निर्णयलाई ध्यान दिन्छु म उहाँको नियमलाई पालन गर्छु

24 I was also perfect toward him; I kept myself from my iniquity.उहाँको अघि म पवित्र र निर्दोष रहन्छु।

25 Therefore has Yahweh recompensed me according to my righteousness, According to my cleanness in his eyesight.यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु। किन? किनभने मैले ठिकबाहेक केही गरिन! उहाँले देख्नुहुन्छ, मेरा राम्रा कार्यहरू यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ।

26 With the merciful you will show yourself merciful; With the perfect man you will show yourself perfect;यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ। कोही व्यक्ति तिम्रो निम्ति विश्वासी छ भने तिमी पनि तिनीहरूमा विश्वासी रहने छौ।

27 With the pure you will show yourself pure; With the crooked you will show yourself shrewd.परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ जो साँच्चै असल र पवित्र हुनेको निम्ति तर, जो खराब छ उसको निम्ति तपाईं चतुर हुनुहुन्छ

28 The afflicted people you will save; But your eyes are on the haughty, that you may bring them down.परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ तर अहङ्कारीको धज्जी उडाउनुहुन्छ।

29 For you are my lamp, Yahweh; Yahweh will lighten my darkness.परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ।

30 For by you I run on a troop; By my God do I leap over a wall.तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौडन सक्छु परमेश्वरको सहायताले म शत्रुहरूको किल्ला र पर्खाल नाघ्नसक्छु।

31 As for God, his way is perfect: The word of Yahweh is tried; He is a shield to all those who take refuge in him.परमेश्वरको बाटो ठीक छ परमप्रभुको वचनको कसी लगाइयो उहाँलाई पछ्याउँनेे मानिसहरूको रक्षा गर्नुहुन्छ

32 For who is God, save Yahweh? Who is a rock, save our God?परमप्रभु भन्दा अर्को ईश्वर छैन हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन।

33 God is my strong fortress; He guides the perfect in his way.परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिंड्छन।

34 He makes his feet like hinds' [feet], Sets me on my high places.परमेश्वरले जरायो दौडिएको गतिमा मलाई सहायता गर्नुहुन्छ। उहाँले उच्च स्थानहरूमा मलाई दृढ बनाउनु हुन्छ।

35 He teaches my hands to war, So that my arms do bend a bow of brass.परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ यसैले मेरा हातले काँसको धनु झुकाउँनसक्छु।

36 You have also given me the shield of your salvation; Your gentleness has made me great.परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ

37 You have enlarged my steps under me; My feet have not slipped.मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी बेस्सरी दौडनसकुँ

38 I have pursued my enemies, and destroyed them; Neither did I turn again until they were consumed.म मेरा शत्रुहरूलाई नष्ट नगरीञ्जेल सम्म फर्केर आउँदिन!

39 I have consumed them, and struck them through, so that they can't arise: Yes, they are fallen under my feet.मैले शत्रु नष्ट पारे। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे।

40 For you have girded me with strength to the battle; You have subdued under me those who rose up against me.परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो।

41 You have also made my enemies turn their backs to me, That I might cut off those who hate me.तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ।

42 They looked, but there was none to save; Even to Yahweh, but he didn't answer them.मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे तर तिनीहरूले कुनै सहायता पाएनन् तिनीहरूले परमप्रभुतिर पनि आशा गरे तर कुनै जवाफ पाएनन्

43 Then did I beat them small as the dust of the earth, I did crush them as the mire of the streets, and did spread them abroad.मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ तिनीहरू धूलो जस्तै भुँइमा परे गल्लीको हिलो टेके जस्तै मैले तिनीहरूलाई किचिमिची पारें।

44 You also have delivered me from the strivings of my people; You have kept me to be the head of the nations: A people whom I have not known shall serve me.तपाईंले मेरो बिरूद्ध उठेका मानिसहरूबाट मलाई बचाउँनु भयो। तपाईंले मलाई राष्ट्रको शासक बनाउनु भयो मैले नचिनेका मानिसहरूले पनि अहिले मेरो सेवा गर्दैछन्।

45 The foreigners shall submit themselves to me: As soon as they hear of me, they shall obey me.विदेशी मानिसहरूले मलाई मान्छन्! जब तिनीहरूले मेरो आदेश सुन्छन्, तिनीहरूले आज्ञा गरिरहाल्छन्। विदेशीहरू मसित डराउँछन्।

46 The foreigners shall fade away, Shall come trembling out of their close places.विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।

47 Yahweh lives; Blessed be my rock; Exalted be God, the rock of my salvation,परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।

48 Even the God who executes vengeance for me, Who brings down peoples under me,उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ।

49 Who brings me forth from my enemies: Yes, you lift me up above those who rise up against me; You deliver me from the violent man.परमेश्वर, तपाईंले मलाई शत्रुबाट बचाउनु भयो! जो मेरो बिरूद्धमा उठे, तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुर्याउनु भयो निर्दयीहरूबाट मलाई बचाउनु भयो।

50 Therefore I will give thanks to you, Yahweh, among the nations, Will sing praises to your name.परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु यही कारणले म तपाईंको स्तुति गीत गाउँछु।

51 Great deliverance gives he to his king, Shows loving kindness to his anointed, To David and to his seed, forevermore.परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ। परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ। उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।

Nepali Bible