2 Kings 6:16 in Nepali

Nepali Nepali Bible 2 Kings 2 Kings 6 2 Kings 6:16

2 Kings 6:16
एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”

2 Kings 6:152 Kings 62 Kings 6:17

2 Kings 6:16 in Other Translations

King James Version (KJV)
And he answered, Fear not: for they that be with us are more than they that be with them.

American Standard Version (ASV)
And he answered, Fear not; for they that are with us are more than they that are with them.

Bible in Basic English (BBE)
And he said in answer, Have no fear; those who are with us are more than those who are with them.

Darby English Bible (DBY)
And he said, Fear not, for they that are with us are more than they that are with them.

Webster's Bible (WBT)
And he answered, Fear not: for they that are with us are more than they that are with them.

World English Bible (WEB)
He answered, Don't be afraid; for those who are with us are more than those who are with them.

Young's Literal Translation (YLT)
And he saith, `Fear not, for more `are' they who `are' with us than they who `are' with them.'

And
he
answered,
וַיֹּ֖אמֶרwayyōʾmerva-YOH-mer
Fear
אַלʾalal
not:
תִּירָ֑אtîrāʾtee-RA
for
כִּ֤יkee
they
that
רַבִּים֙rabbîmra-BEEM
with
be
אֲשֶׁ֣רʾăšeruh-SHER
us
are
more
אִתָּ֔נוּʾittānûee-TA-noo
that
they
than
מֵֽאֲשֶׁ֖רmēʾăšermay-uh-SHER
be
with
אוֹתָֽם׃ʾôtāmoh-TAHM

Cross Reference

यशैया 41:10
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

रोमी 8:31
यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

भजनसंग्रह 55:18
परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ। सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।

1 यूहन्ना 4:4
मेरा प्रिय बालकहरु, तिमीहरु परमेश्वरका हौ। यसर्थ तिमीहरुले झूटो शिक्षकहरुलाई परास्त गरेका छौ। किनभने जो तिमीहरुमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ।

2 इतिहास 32:7
तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “दृढ अनि साहसी बन। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा सूर्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ।

मत्ती 26:53
तिमीलाई थाहा छ, मैले मेरा पितासंग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न?

भजनसंग्रह 27:3
तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किन? किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

फिलिप्पी 1:28
अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्।

प्रेरित 18:9
राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसंग बोलिरहौ! नरोक!

यशैया 8:12
“प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरूद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयावहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!”

भजनसंग्रह 46:11
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

2 इतिहास 16:9
परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”

प्रस्थान 14:13
तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ यही उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ।

भजनसंग्रह 3:6
मेरो वरिपरि हजारौं सिपाहीहरू हुनष्ठ्व सक्लान्, तर म ती शत्रुहरूदेखि डराउने छैन!

मर्कूस 16:6
उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो।

यशैया 8:10
लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार! तिम्रा योजनाहरू परास्त हुने छन्। तिम्रा सैन्यहरूलाई हुकुम गर तिम्रा हुकुमहरू बेकामे हुनेछन्। किन? किनभने परमेश्वर हामीसंग हुनुहुन्छ।

भजनसंग्रह 118:11
शत्रुहरूले मलाई घरि-घरि हेरी रहे। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ।

भजनसंग्रह 46:7
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 11:1
म परमप्रभुमा भरोसा गर्छु यसकारण किन मलाई भाग र लुक भन्यौ? तिमीले मलाई भन्यौ, “चरा जस्तो उडेर आफ्नो पहाडमा जाऊ!”