1 Thessalonians 2:9
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गयौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।
1 Thessalonians 2:9 in Other Translations
King James Version (KJV)
For ye remember, brethren, our labour and travail: for labouring night and day, because we would not be chargeable unto any of you, we preached unto you the gospel of God.
American Standard Version (ASV)
For ye remember, brethren, our labor and travail: working night and day, that we might not burden any of you, we preached unto you the gospel of God.
Bible in Basic English (BBE)
For you have the memory, my brothers, of our trouble and care; how, working night and day, so that we might not be a trouble to any of you, we gave you the good news of God.
Darby English Bible (DBY)
For ye remember, brethren, our labour and toil: working night and day, not to be chargeable to any one of you, we have preached to you the glad tidings of God.
World English Bible (WEB)
For you remember, brothers, our labor and travail; for working night and day, that we might not burden any of you, we preached to you the Gospel of God.
Young's Literal Translation (YLT)
for ye remember, brethren, our labour and travail, for, night and day working not to be a burden upon any of you, we did preach to you the good news of God;
| For | μνημονεύετε | mnēmoneuete | m-nay-moh-NAVE-ay-tay |
| ye remember, | γάρ | gar | gahr |
| brethren, | ἀδελφοί | adelphoi | ah-thale-FOO |
| our | τὸν | ton | tone |
| κόπον | kopon | KOH-pone | |
| labour | ἡμῶν | hēmōn | ay-MONE |
| and | καὶ | kai | kay |
| τὸν | ton | tone | |
| travail: | μόχθον· | mochthon | MOKE-thone |
| for | νυκτὸς | nyktos | nyook-TOSE |
| labouring | γάρ, | gar | gahr |
| night | καὶ | kai | kay |
| and | ἡμέρας | hēmeras | ay-MAY-rahs |
| day, | ἐργαζόμενοι | ergazomenoi | are-ga-ZOH-may-noo |
| because | πρὸς | pros | prose |
| unto be would we | τὸ | to | toh |
| not | μὴ | mē | may |
| chargeable | ἐπιβαρῆσαί | epibarēsai | ay-pee-va-RAY-SAY |
| any | τινα | tina | tee-na |
| of you, | ὑμῶν | hymōn | yoo-MONE |
| preached we | ἐκηρύξαμεν | ekēryxamen | ay-kay-RYOO-ksa-mane |
| unto | εἰς | eis | ees |
| you | ὑμᾶς | hymas | yoo-MAHS |
| the | τὸ | to | toh |
| gospel | εὐαγγέλιον | euangelion | ave-ang-GAY-lee-one |
| of | τοῦ | tou | too |
| God. | θεοῦ | theou | thay-OO |
Cross Reference
प्रेरित 18:3
तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गथेर्। पावल तिनीहरू संगै बसे र तिनीहरूसंग तम्बू बनाउने काम गरे।
2 कोरिन्थी 11:9
जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिए। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइन। अनि कहिल्यै भार बन्ने छैन पनि।
1 तिमोथी 4:10
त्यसैको निम्ति हामी परिश्रम र संर्घष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्।
2 थिस्सलोनिकी 3:7
तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं।
2 कोरिन्थी 6:5
हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौंै, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन
2 कोरिन्थी 12:13
कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफै तिमीहरूकोलागि भार भइन। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ।
फिलिप्पी 4:16
जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ।
1 थिस्सलोनिकी 1:3
तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैं प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिंदछौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिंदछौ। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।
1 थिस्सलोनिकी 2:2
हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो।
1 थिस्सलोनिकी 2:6
हामीले कुनै मानिसबाट प्रशंसा पनि खोजेका छैनौं, न तिमीहरूबाटै, न अरूबाटै।
1 थिस्सलोनिकी 3:10
हामी रात-दिन तिमीहरूका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहरूलाई भेटन जान हामीलाई सम्भव होस् अनि तिमीहरूको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं।
1 तिमोथी 1:11
यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। यो महिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो।
1 तिमोथी 5:5
कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसंग प्रार्थना र्गछिन्। उनले परमेश्वरसंग सहायता माग्छिन्।
2 तिमोथी 1:3
दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु।
1 कोरिन्थी 9:18
यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग र्गदिन।
1 कोरिन्थी 9:15
तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रित्तो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु।
1 कोरिन्थी 9:6
तर के बर्णाबास र मैले मात्र आफ्नो जीविकाका निम्ति काम गर्नै पर्छ?
नहेम्याह 5:18
प्रत्येक दिन एउटा गोरू छःवटा चुनिएका भेंडाहरू अनि केही पंक्षिहरू मेरो खर्चमा तयार गरिन्थ्यो। अनि प्रत्येक दश दिनमा धेरै मात्रमा सबै किसिमका दाखरसको प्रबन्ध गरिन्थ्यो, तर यी सबै भएता पनि मैले प्रशासकको खाद्य खोजिन किनकि यी मानिसहरूमाथी कामको भारै भार थियो।
भजनसंग्रह 32:4
परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुक्खा जमीन जस्तो भएँ।
भजनसंग्रह 88:1
हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ, रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
यर्मिया 9:1
यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।
लूका 2:37
त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी र्वष पुगेकी थिइन्। हन्ना सधैं मन्दिर रहन्थि। उनी कहीं जाँदिन थिइन्। रात दिन उपावस र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना र्गथिन्।
लूका 18:7
रके परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुदैन्? तिनीहरू रात-दिन उहाँसंग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई भन्नुहुन्छ, परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरुलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न।
प्रेरित 20:24
म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।
प्रेरित 20:31
यसैले सावधान बस्। प्रत्येक दिन यो कुरा याद गर्नुः म तिमीहरूसंग तीन र्वष सम्म थिएँ। त्यस समय मैले तिमीहरूलाई चेतावनी दिइरहें। मैले रात-दिन तिमीहरूलाई शिक्षा दिएँ। म प्रायः तिमीहरूको लागि रोएँ पनि।
प्रेरित 20:34
तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसंग थिए तिमीहरूको खाँचो पूर्ति आफैं गरें।
रोमी 1:1
ख्रीष्ट येशूको सेवक पावलबाट। परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ।
रोमी 15:16
गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।
रोमी 15:19
अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।
1 कोरिन्थी 4:12
जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं।
नहेम्याह 5:15
पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे।