1 Corinthians 14:37
यदि कसैले आफु अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो।
1 Corinthians 14:37 in Other Translations
King James Version (KJV)
If any man think himself to be a prophet, or spiritual, let him acknowledge that the things that I write unto you are the commandments of the Lord.
American Standard Version (ASV)
If any man thinketh himself to be a prophet, or spiritual, let him take knowledge of the things which I write unto you, that they are the commandment of the Lord.
Bible in Basic English (BBE)
If any man seems to himself to be a prophet or to have the Spirit, let him take note of the things which I am writing to you, as being the word of the Lord.
Darby English Bible (DBY)
If any one thinks himself to be a prophet or spiritual, let him recognise the things that I write to you, that it is [the] Lord's commandment.
World English Bible (WEB)
If any man thinks himself to be a prophet, or spiritual, let him recognize the things which I write to you, that they are the commandment of the Lord.
Young's Literal Translation (YLT)
if any one doth think to be a prophet, or spiritual, let him acknowledge the things that I write to you -- that of the Lord they are commands;
| If | Εἴ | ei | ee |
| any man | τις | tis | tees |
| think himself | δοκεῖ | dokei | thoh-KEE |
| to be | προφήτης | prophētēs | proh-FAY-tase |
| prophet, a | εἶναι | einai | EE-nay |
| or | ἢ | ē | ay |
| spiritual, | πνευματικός | pneumatikos | pnave-ma-tee-KOSE |
| let him acknowledge | ἐπιγινωσκέτω | epiginōsketō | ay-pee-gee-noh-SKAY-toh |
| that | ἃ | ha | a |
| the things that | γράφω | graphō | GRA-foh |
| I write | ὑμῖν | hymin | yoo-MEEN |
| you unto | ὅτι | hoti | OH-tee |
| are | τοῦ | tou | too |
| the commandments | κυρίου | kyriou | kyoo-REE-oo |
| of the | εἰσὶν | eisin | ees-EEN |
| Lord. | ἐντολαί· | entolai | ane-toh-LAY |
Cross Reference
1 यूहन्ना 4:6
तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं।
2 कोरिन्थी 10:7
तिमीहरूले आफ्ना अघिल्तिरको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले संझनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं।
यहूदा 1:17
प्रिय मित्रहरु, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।
2 पत्रुस 3:2
धेरै अघि पवित्र अगमवक्ताहरुले भनेको कुराहरु तिमीहरुले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झौ जो हाम्रा प्रभु अनि उद्धारकर्त्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरुका प्रेरितहरु मार्फत दिनु भयो।
1 थिस्सलोनिकी 4:1
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो।
गलाती 6:8
यदि कसैले आफनै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ।
2 कोरिन्थी 11:12
अहिले मैले जे गरिरहेछु त्यो म गरिनैरहने छु। म त्यसो गरिरहनेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिनीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिनीहरू इच्छा गर्छन्।
2 कोरिन्थी 11:4
यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।
2 कोरिन्थी 10:12
हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछन्।
1 कोरिन्थी 13:1
अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङटङे घंटी वा झ्याम् झ्यामे झ्याम्टा मात्र हुँ।
1 कोरिन्थी 8:2
जसले केही जान्दछु भन्ने संझन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन।
1 कोरिन्थी 7:40
यदि उ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।
1 कोरिन्थी 7:25
अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन तथापि म आफ्नो विचार पोख्छु । मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ।
रोमी 12:3
परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसंझौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर।
लूका 10:16
“उ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ।तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”
गन्ती 24:16
कसले परमेश्वरको वचन सुन्न सक्छ अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ? सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें। म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्छु।
गन्ती 24:3
अनि बिलामले यो अगमवाणी दिएः“यो समाचार बओरका छोरो बिलामबाट हो। म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।