Bible

Romans 9 - DBY (Nepali)

1 I say [the] truth in Christ, I lie not, my conscience bearing witness with me in [the] Holy Spirit,म ख्रीष्टमा छु र सत्य कुरा बोलिरहेछु। म झुटो बोल्दिनँ। मेरो अन्तारात्मा पवित्र-आत्माद्वारा नियंत्रित छ। अनि यो अन्तरात्माले निश्चित गर्छ कि म झूटो होइनः

2 that I have great grief and uninterrupted pain in my heart,मलाई ठूलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति।

3 for I have wished, I myself, to be a curse from the Christ for my brethren, my kinsmen, according to flesh;तिनीहरू मेरा दाज्यु-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें।

4 who are Israelites; whose [is] the adoption, and the glory, and the covenants, and the law-giving, and the service, and the promises;तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो।

5 whose [are] the fathers; and of whom, as according to flesh, [is] the Christ, who is over all, God blessed for ever. Amen.ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन।

6 Not however as though the word of God had failed; for not all [are] Israel which [are] of Israel;हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँचो मानिस छन्।

7 nor because they are seed of Abraham [are] all children: but, In Isaac shall a seed be called to thee.अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँचो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयोः“इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।”

8 That is, [they that are] the children of the flesh, these [are] not the children of God; but the children of the promise are reckoned as seed.यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोराछोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोराछोरीहरू ती हुन् जो परमेश्वरका छोराछोरीहरू भए।

9 For this word [is] of promise, According to this time I will come, and there shall be a son to Sarah.परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म र्फकने छु अनि साराले एउटा छोरो पाउनेछिन्।”

10 And not only [that], but Rebecca having conceived by one, Isaac our father,अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए।

11 [the children] indeed being not yet born, or having done anything good or worthless (that the purpose of God according to election might abide, not of works, but of him that calls),तर दुईजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।”केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो।

12 it was said to her, The greater shall serve the less:परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो।

13 according as it is written, I have loved Jacob, and I have hated Esau.जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरें तर एसावलाई घृणा गरें।”

14 What shall we say then? [Is there] unrighteousness with God? Far be the thought.यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन।

15 For he says to Moses, I will shew mercy to whom I will shew mercy, and I will feel compassion for whom I will feel compassion.परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”

16 So then [it is] not of him that wills, nor of him that runs, but of God that shews mercy.यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन।

17 For the scripture says to Pharaoh, For this very thing I have raised thee up from amongst [men], that I might thus shew in thee my power, and so that my name should be declared in all the earth.धर्मासास्त्रमा परमेश्वरले फिरऊनलाई भन्नुभयो, “मैले तिमीलाई राजा बनाएँ ताकि मेरो निम्ति तिमीले केही गर्न सकौला। म मेरो शक्ति तिमी मार्फत प्रदर्शन गर्न चाहन्थें। म चाहन्थे मेरो नाउँ संसारभरि घोषित होस्।”

18 So then, to whom he will he shews mercy, and whom he will he hardens.यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।

19 Thou wilt say to me then, Why does he yet find fault? for who resists his purpose?यसकारण तिमीहरूमध्ये कसैले पनि प्रश्न गर्नसक्छौः “यदि परमेश्वरले हामीले गरेका सबै कुराहरूमा नियंत्रण गर्नुहुन्छ भने परमेश्वरले हाम्रो पापहरूको निम्ति हामीलाई किन दोष दिनुहुन्छ?”

20 Aye, but thou, O man, who art *thou* that answerest again to God? Shall the thing formed say to him that has formed it, Why hast thou made me thus?हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ?

21 Or has not the potter authority over the clay, out of the same lump to make one vessel to honour, and another to dishonour?कुमालेको अधिकार छ एउटै माटोबाट उसले विशेष प्रयोगमा आउने एक किसिमको भाँडो बनाउँछ भने सामान्य प्रयोगमा आउने अर्को किसिमको भाँडो पनि बनाउँछ। के यो ठीक होइन?

22 And if God, minded to shew his wrath and to make his power known, endured with much long-suffering vessels of wrath fitted for destruction;यस्तै प्रकारले परमेश्वरले पनि काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो क्रोध मानिसहरूमा प्रकट गर्न चाहनु भयो, जसमा कि उनीहरूले उहाँको शक्ति देखुन्। तर परमेश्वरले ठूलो धैर्यसित ती मानिसहरूलाई सहनु भयो जो विनाश हुनै आँटेका थिए।

23 and that he might make known the riches of his glory upon vessels of mercy, which he had before prepared for glory,परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो।

24 us, whom he has also called, not only from amongst [the] Jews, but also from amongst [the] nations?हामी तिनै मानिसहरू हौं। परमेश्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ।

25 As he says also in Hosea, I will call not-my-people My people; and the-not-beloved Beloved.होशेको कितावमा धर्मशास्त्रले भन्दछः“जो मानिसहरू मेरा होइनन्, म भन्नेछु ती मेरा मानिसहरू हुन्। अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ, म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”

26 And it shall be, in the place where it was said to them, *Ye* [are] not my people, there shall they be called Sons of [the] living God.“अनि त्यही ठाउँमा जहाँ परमेश्वरले भन्नुभयो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ त्यसै ठाउँमा तिनीहरूलाई जीउँदा परमेश्वरका पुत्रहरू भनेर भनिने छ।”

27 But Esaias cries concerning Israel, Should the number of the children of Israel be as the sand of the sea, the remnant shall be saved:अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्“इस्राएलका मानिसहरू समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्। तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।

28 for [he] is bringing the matter to an end, and [cutting [it] short in righteousness; because] a cutting short of the matter will [the] Lord accomplish upon the earth.हो, परमेश्वरले चाँडै नै यस पृथ्वीमा मानिसहरूको जाँच गरिसक्नु हुनेछ।”

29 And according as Esaias said before, Unless [the] Lord of hosts had left us a seed, we had been as Sodom, and made like even as Gomorrha.यस्तै कुरा यशैयाले भनेः“परमप्रभु सर्वशक्तिमान हुनुहुन्छ। प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो। यदि उहाँले त्यसो नगर्नु भएको भए अहिले हामी सदोम र गमोरा जस्तै हुने थियौं।”

30 What then shall we say? That [they of the] nations, who did not follow after righteousness, have attained righteousness, but [the] righteousness that is on the principle of faith.यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य होः गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए।

31 But Israel, pursuing after a law of righteousness, has not attained to [that] law.अनि इस्राएलका मानिसहरूले व्यवस्थालाई पछ्याएर धर्मी बन्ने कोशिश गरे। तर तिनीहरू आफ्नो उद्देश्यमा सफल भएनन्।

32 Wherefore? Because [it was] not on the principle of faith, but as of works. They have stumbled at the stumblingstone,किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुँगामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ।

33 according as it is written, Behold, I place in Zion a stone of stumbling and rock of offence: and he that believes on him shall not be ashamed.त्यस ढुंगाको विषयमा धर्मशास्त्र भन्छः“हेर, सियोनमा म एउटा ढुंगा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ। यो एउटा चहान हो जसले मानिसलाई पाप गर्न लाउँछ। तर चट्टानमा कसैले विश्वास गर्दछ भने उसलाई लज्जित पारिने छैन।”

Nepali Bible