Bible

Romans 12 - YLT (Nepali)

1 I call upon you, therefore, brethren, through the compassions of God, to present your bodies a sacrifice -- living, sanctified, acceptable to God -- your intelligent service;यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो।

2 and be not conformed to this age, but be transformed by the renewing of your mind, for your proving what `is' the will of God -- the good, and acceptable, and perfect.सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफै परमेश्वरको इच्छा पत्तो लाउन सर्मथ हुने छौ।

3 For I say, through the grace that was given to me, to every one who is among you, not to think above what it behoveth to think; but to think so as to think wisely, as to each God did deal a measure of faith,परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसंझौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर।

4 for as in one body we have many members, and all the members have not the same office,हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन।

5 so we, the many, one body are in Christ, and members each one of one another.उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।

6 And having gifts, different according to the grace that was given to us; whether prophecy -- `According to the proportion of faith!'हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ।

7 or ministration -- `In the ministration!' or he who is teaching -- `In the teaching!'यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ।

8 or he who is exhorting -- `In the exhortation!' he who is sharing -- `In simplicity!' he who is leading -- `In diligence?' he who is doing kindness -- `In cheerfulness.'यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।

9 The love unfeigned: abhorring the evil; cleaving to the good;तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।

10 in the love of brethren, to one another kindly affectioned: in the honour going before one another;एका-अर्कामा दाज्यु-भाई, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ।

11 in the diligence not slothful; in the spirit fervent; the Lord serving;परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर।

12 in the hope rejoicing; in the tribulation enduring; in the prayer persevering;खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैं प्रार्थना गर।

13 to the necessities of the saints communicating; the hospitality pursuing.परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।

14 Bless those persecuting you; bless, and curse not;ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप।

15 to rejoice with the rejoicing, and to weep with the weeping,जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ।

16 of the same mind one toward another, not minding the high things, but with the lowly going along; become not wise in your own conceit;परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।

17 giving back to no one evil for evil; providing right things before all men.यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।

18 If possible -- so far as in you -- with all men being in peace;सबैसँग शान्तिसित बस्ने चेष्टा गर।

19 not avenging yourselves, beloved, but give place to the wrath, for it hath been written, `Vengeance `is' Mine,हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छः “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।”परमप्रभु भन्नुहुन्छ।

20 I will recompense again, saith the Lord;' if, then, thine enemy doth hunger, feed him; if he doth thirst, give him drink; for this doing, coals of fire thou shalt heap upon his head;यसर्थ तिमीहरूले यसो गर्नुः “यदि तिम्रो शत्रु भोको छ भने, उसलाई खुवाऊ। यदि तिम्रो शत्रु प्यासा छ भने, उसलाई पानी देऊ। यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”

21 Be not overcome by the evil, but overcome, in the good, the evil.दुष्टले तिमीलाई नजितोस्, तर भलाईले दुष्टलाई जित।

Nepali Bible