Romans 12 - WEB (Nepali)
1 Therefore I urge you, brothers, by the mercies of God, to present your bodies a living sacrifice, holy, acceptable to God, which is your spiritual service.यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो।
2 Don't be conformed to this world, but be transformed by the renewing of your mind, so that you may prove what is the good, well-pleasing, and perfect will of God.सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफै परमेश्वरको इच्छा पत्तो लाउन सर्मथ हुने छौ।
3 For I say, through the grace that was given me, to every man who is among you, not to think of himself more highly than he ought to think; but to think reasonably, as God has apportioned to each person a measure of faith.परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसंझौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर।
4 For even as we have many members in one body, and all the members don't have the same function,हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन।
5 so we, who are many, are one body in Christ, and individually members one of another.उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।
6 Having gifts differing according to the grace that was given to us, if prophecy, let us prophesy according to the proportion of our faith;हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ।
7 or service, let us give ourselves to service; or he who teaches, to his teaching;यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ।
8 or he who exhorts, to his exhorting: he who gives, let him do it with liberality; he who rules, with diligence; he who shows mercy, with cheerfulness.यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।
9 Let love be without hypocrisy. Abhor that which is evil. Cling to that which is good.तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।
10 In love of the brothers be tenderly affectionate one to another; in honor preferring one another;एका-अर्कामा दाज्यु-भाई, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ।
11 not lagging in diligence; fervent in spirit; serving the Lord;परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर।
12 rejoicing in hope; enduring in troubles; continuing steadfastly in prayer;खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैं प्रार्थना गर।
13 contributing to the needs of the saints; given to hospitality.परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।
14 Bless those who persecute you; bless, and don't curse.ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप।
15 Rejoice with those who rejoice. Weep with those who weep.जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ।
16 Be of the same mind one toward another. Don't set your mind on high things, but associate with the humble. Don't be wise in your own conceits.परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।
17 Repay no one evil for evil. Respect what is honorable in the sight of all men.यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।
18 If it is possible, as much as it is up to you, be at peace with all men.सबैसँग शान्तिसित बस्ने चेष्टा गर।
19 Don't seek revenge yourselves, beloved, but give place to God's wrath. For it is written, "Vengeance belongs to me; I will repay, says the Lord."हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छः “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।”परमप्रभु भन्नुहुन्छ।
20 Therefore "If your enemy is hungry, feed him. If he is thirsty, give him a drink. For in doing so, you will heap coals of fire on his head."यसर्थ तिमीहरूले यसो गर्नुः “यदि तिम्रो शत्रु भोको छ भने, उसलाई खुवाऊ। यदि तिम्रो शत्रु प्यासा छ भने, उसलाई पानी देऊ। यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”
21 Don't be overcome by evil, but overcome evil with good.दुष्टले तिमीलाई नजितोस्, तर भलाईले दुष्टलाई जित।
Nepali Bible