Romans 11:6
अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।
And | εἰ | ei | ee |
if | δὲ | de | thay |
by grace, | χάριτι | chariti | HA-ree-tee |
then is it no more | οὐκέτι | ouketi | oo-KAY-tee |
of | ἐξ | ex | ayks |
works: | ἔργων | ergōn | ARE-gone |
otherwise | ἐπεὶ | epei | ape-EE |
ἡ | hē | ay | |
grace | χάρις | charis | HA-rees |
is | οὐκέτι | ouketi | oo-KAY-tee |
no more | γίνεται | ginetai | GEE-nay-tay |
grace. | χάρις | charis | HA-rees |
But | εἰ | ei | ee |
if | δὲ | de | thay |
it be of | ἐξ | ex | ayks |
works, | ἔργων· | ergōn | ARE-gone |
then is it no | οὐκέτι | ouketi | oo-KAY-tee |
more | ἐστὶν | estin | ay-STEEN |
grace: | χάρις | charis | HA-rees |
otherwise | ἐπεὶ | epei | ape-EE |
τὸ | to | toh | |
work | ἔργον | ergon | ARE-gone |
is | οὐκέτι | ouketi | oo-KAY-tee |
no more | ἐστίν | estin | ay-STEEN |
work. | ἔργον | ergon | ARE-gone |
Cross Reference
Deuteronomy 9:4
“परमप्रभु तिमीहरूका परमेश्वरले ती राष्ट्रका मानिसहरूलाई तिमीहरूको निम्ति देशबाट निकाली दिनु हुनेछ। ‘तर तिमीहरू आफैं यस्तो नभन तिमीहरू धार्मिक मानिसहरू हौ!’ यसकारण परमप्रभुले तिमीहरूलाई त्यहाँ बसाउन ल्याँउनु हुँदैछ। कारण के हो भने तिमीहरू धार्मिक मानिसहरू भएकाले होइन तर ती मानिसहरू नै दुष्ट भएकाले तिनीहरूलाई आफ्नो भूमिबाट बाहिर निकालिंदैछ।
2 Timothy 1:9
परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो।
Ephesians 2:4
तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।
Galatians 5:4
यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ।
Galatians 2:21
परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।
1 Corinthians 15:10
तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो।
Romans 5:20
पाप बढला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढदै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढदै गयो।
Romans 4:4
जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ।
Romans 3:27
यसकारण हामीले आफैले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो।
Titus 3:5
उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो।