Revelation 4 - BBE (Nepali)
1 After these things I saw a door open in heaven, and the first voice came to my ears, like the sound of a horn, saying, Come up here, and I will make clear to you the things which are to come.तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।”
2 Straight away I was in the Spirit: and I saw a high seat in heaven, and one was seated on it;तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए।
3 And to my eyes he was like a jasper and a sardius stone: and there was an arch of light round the high seat, like an emerald.उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।
4 And round about the high seat were four and twenty seats: and on them I saw four and twenty rulers seated, clothed in white robes; and on their heads crowns of gold.सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरु थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरु बसिरहेका थिए। ती अग्रजहरु सेतो लुगामा थिए अनि तिनीहरुका शिरमा सुनको मुकुट थियो।
5 And out of the high seat came flames and voices and thunders. And seven lights of fire were burning before the high seat, which are the seven Spirits of God;सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरु परमेश्वरका सातवटा आत्माहरु हुन्।
6 And before the high seat there was, as it seemed, a clear sea of glass; and in the middle of the high seat, and round about it, four beasts full of eyes round about.सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरुका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरु थिए।
7 And the first beast was like a lion, and the second like an ox, and the third had a face like a man, and the fourth was like an eagle in flight.पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रोे गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड जस्तो थियो।
8 And the four beasts, having every one of them six wings, are full of eyes round about and inside: and without resting day and night, they say, Holy, holy, holy, Lord God, Ruler of all, who was and is and is to come.यी प्रत्येक चार सजीव बस्तुहरुका छ वटा पखेटाहरु थिए। यी सजीव बस्तुहरुका शरीर भरि, भित्र अनि बाहिर आँखाहरुले भरिएका थिए। तिनीहरु यसो भनिरहन दिन रात रोकिएनन्“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व शक्तिवान छन्। उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”
9 And when the beasts give glory and honour to him who is seated on the high seat, to him who is living for ever and ever,यी सजीव वस्तुहरुले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरु यसो गर्छन्,
10 The four and twenty rulers go down on their faces before him who is seated on the high seat, and give worship to him who is living for ever and ever, and take off their crowns before the high seat, saying,तो चौबीस जना अग्रजहरु उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा सर्वदा जीवित रहन्छन्, अग्रजहरु उहाँलाई पूजा गर्छन्। अग्रजहरु आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्
11 It is right, our Lord and our God, for you to have glory and honour and power: because by you were all things made, and by your desire they came into being.“हाम्रा परमप्रभु अनि परमेश्वर। तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईंले सबै बस्तुहरु सृष्टि गर्नु भयो। हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन् किनभने तपाईंले यस्तो चहानु भएको छ।”
Nepali Bible