Bible

Revelation 21 - BBE (Nepali)

1 And I saw a new heaven and a new earth: for the first heaven and the first earth were gone; and there was no more sea.तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन।

2 And I saw the holy town, new Jerusalem, coming down out of heaven from God, like a bride made beautiful for her husband.अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।

3 And there came to my ears a great voice out of the high seat, saying, See, the Tent of God is with men, and he will make his living-place with them, and they will be his people, and God himself will be with them, and be their God.मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरुसंग छ.। उनी तिनीहरुसंग रहेनछन्। तिनीहरु उनका मानिसहरु हुनेछन्। परमेश्वर स्वयं तिनीहरुसित हुनेछन् अनि तिनीहरुका परमेश्वर बन्नेछन्।

4 And he will put an end to all their weeping; and there will be no more death, or sorrow, or crying, or pain; for the first things have come to an end.परमेश्वरले तिनीहरुको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरु बितेर गए।”

5 And he who is seated on the high seat said, See, I make all things new. And he said, Put it in the book; for these words are certain and true.उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु। तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरु विश्वासयोग्य अनि सत्य छन्।”

6 And he said to me, It is done. I am the First and the Last, the start and the end. I will freely give of the fountain of the water of life to him who is in need.उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फुहराबाट सित्तैमा दिनेछु।

7 He who overcomes will have these things for his heritage; and I will be his God, and he will be my son.कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि उ मेरो छोरो हुनेछ।

8 But those who are full of fear and without faith, the unclean and takers of life, those who do the sins of the flesh, and those who make use of evil powers or who give worship to images, and all those who are false, will have their part in the sea of ever-burning fire which is the second death.तर मानिसहरु जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरु छन् तिनीहरुले गन्धकको अग्नि कुण्डमा ठाँउ पाँउछन्। यो दोस्रो मृत्यु हो।”

9 And one of the seven angels who had the seven vessels in which were the seven last punishments, came and said to me, Come here, and see the bride, the Lamb's wife.सात स्वर्गदूतहरु मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरु मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरुले भरिएका सात कचौराहरु थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरुलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।”

10 And he took me away in the Spirit to a great and high mountain, and let me see the holy town Jerusalem, coming down out of heaven from God,ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।

11 Having the glory of God: and her light was like a stone of great price, a jasper stone, clear as glass:यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्ज्वल थियो।

12 She had a wall great and high, with twelve doors, and at the doors twelve angels; and names on them, which are the names of the twelve tribes of the children of Israel.त्यो नगरमा बाह्र ढोकाहरुसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरु थिए। प्रत्येक ढोकामा इस्राएलीहरुका बाह्र वंशहरु मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो।

13 And on the east were three doors; and on the north three doors; and on the south three doors; and on the west three doors.पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरु थिए।

14 And the wall of the town had twelve bases, and on them the twelve names of the twelve Apostles of the Lamb.नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरुमा भेंडाको पाठाको बाह्र-प्रेरितहरुको नाउँ लेखिएको थियो।

15 And he who was talking with me had a gold measuring-rod to take the measure of the town, and of its doors, and its wall.त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरु नाप्नको लागि थियो।

16 And the town is square, as wide as it is long; and he took the measure of the town with the rod, one thousand and five hundred miles: it is equally long and wide and high.त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लभ्बाई र चौडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।

17 And he took the measure of its wall, one hundred and forty-four cubits, after the measure of a man, that is, of an angel.स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरुको नपाई हो जो स्वर्गदूतले चलाए।

18 And the building of its wall was of jasper, and the town was clear gold, clear as glass.पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो।

19 The bases of the wall of the town had ornaments of all sorts of beautiful stones. The first base was jasper; the second, sapphire; the third, chalcedony; the fourth, emerald;त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरु थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम,

20 The fifth, sardonyx; the sixth, sardius; the seventh, chrysolite; the eighth, beryl; the ninth, topaz; the tenth, chrysoprase; the eleventh, jacinth; the twelfth, amethyst.तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरु थिए।

21 And the twelve doors were twelve pearls; every door was made of one pearl; and the street of the town was clear gold, as clear as glass.बाह्र ढोकाहरु बाह्र मोतीहरु थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।

22 And I saw no Temple there; because the Lord God, the Ruler of all, and the Lamb are its Temple.मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो।

23 And the town has no need of the sun, or of the moon, to give it light: for the glory of God did make it light, and the light of it is the Lamb.नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंडाको पाठा नगरको बत्ती हो।

24 And the nations will go in its light: and the kings of the earth will take their glory into it.संसारका राष्ट्रहरु नगरको प्रकाशमा हिँडनेछन्। पृथ्वीका राजाहरुले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्।

25 And the doors of it will never be shut by day (for there is no night there):नगरको ढोकाहरु कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन।

26 And the glory and honour of the nations will come into it:राष्ट्रहरुका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ।

27 And nothing unclean may come into it, or anyone whose works are cursed or false; but only those whose names are in the Lamb's book of life.नगरमा अस्वच्छ वस्तुहरु कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरु जसका नाउँ भेंडाका पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।

Nepali Bible