Psalm 99:3 in Nepali

Nepali Nepali Bible Psalm Psalm 99 Psalm 99:3

Psalm 99:3
सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्। परमेश्वरको नाउँ विस्मयकारक छ। परमेश्वर पवित्र हुनुहुन्छ।

Psalm 99:2Psalm 99Psalm 99:4

Psalm 99:3 in Other Translations

King James Version (KJV)
Let them praise thy great and terrible name; for it is holy.

American Standard Version (ASV)
Let them praise thy great and terrible name: Holy is he.

Bible in Basic English (BBE)
Let them give praise to your name, for it is great and to be feared; holy is he.

Darby English Bible (DBY)
They shall praise thy great and terrible name, -- it is holy! --

World English Bible (WEB)
Let them praise your great and awesome name. He is Holy!

Young's Literal Translation (YLT)
They praise Thy name, `Great, and fearful, holy `it' is.'

Let
them
praise
יוֹד֣וּyôdûyoh-DOO
thy
great
שִׁ֭מְךָšimkāSHEEM-ha
terrible
and
גָּד֥וֹלgādôlɡa-DOLE
name;
וְנוֹרָ֗אwĕnôrāʾveh-noh-RA
for
it
קָד֥וֹשׁqādôška-DOHSH
is
holy.
הֽוּא׃hûʾhoo

Cross Reference

Isaiah 6:3
प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो।

Joshua 24:19
तब यहोशूले भने, “त्यो सत्य हो। परमप्रभुको सेवा गर्दैजान तिमीहरू सक्तैनौ। परमप्रभु परमेश्वर पवित्र हुनुहुन्छ। अनि आफ्ना मानिसहरूले अन्य देवताहरूको पूजा गरेको परमेश्वरले घृणा गर्नुहुन्छ। यदि तिमीहरू त्यसरी उहाँको विरूद्ध भयौ भने परमेश्वरले तिमीहरूलाई क्षमा गर्नु हुने छैन।

Deuteronomy 28:58
“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ।

Psalm 111:9
परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भनी कसैलाई पठाउनु भयो। परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ। परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।

1 Samuel 2:2
परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।

Revelation 15:3
तिनीहरुले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए।“परमप्रभु-परमेश्वर, सर्वशक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरुका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्।

Revelation 4:8
यी प्रत्येक चार सजीव बस्तुहरुका छ वटा पखेटाहरु थिए। यी सजीव बस्तुहरुका शरीर भरि, भित्र अनि बाहिर आँखाहरुले भरिएका थिए। तिनीहरु यसो भनिरहन दिन रात रोकिएनन्“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व शक्तिवान छन्। उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”

John 17:11
अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु हवस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु हवस (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक।

Jeremiah 20:11
तर परमप्रभु मसँग बलियो सिपाही जस्तो हुनुहुन्छ। यसकारण मानिसहरू जो मेरो पछि लागेकाछन् तिनीहरू लट्पटिनेछन् अनि मलाई जित्नु सक्ने छैनन्। तिनीहरू हारको सम्मुख हुनु पर्नेछ, लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।

Psalm 145:17
प्रत्येक कुरा परमप्रभुले गर्नुभएको धार्मिक अनि उचित छ। प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ भन्ने दर्शन्छ।

Psalm 76:12
परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ। पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।

Psalm 76:1
यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्। इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्दछन्।

Psalm 66:3
उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन! परमेश्वर, तपाईंको शक्ति महान् छ। तपाईंका शत्रुहरू झुक्दछन्। तिनीहरू तपाईंसँग डराउँदछू!

Nehemiah 9:32
अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।

Nehemiah 4:14
सबै कुरा हेरें पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। हाम्रा मालिक महान अनि शक्तिशाली एकलाई सम्मु आफ्ना भाईहरू आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाई गर।”

Nehemiah 1:5
मैले भनें,“परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।

Deuteronomy 7:21
ती मानिसहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ र उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ।