Psalm 95

1 आऊ, परमप्रभुको गुण-गान गरौं। चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बँचायो।

2 परमप्रभु प्रति धन्यवादको गीत गाऊ। उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।

3 किन? किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ! अन्य सारा “देवताहरू”लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।

4 गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।

5 सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो, परमेश्वरले आफ्नै हातले सुक्खा जमीनहरू बनाउनु भयो।

6 आऊ, निहुँरिएर, उहाँको उपसना गरौं। जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।

7 उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ अनि हामी उहाँका सन्तानहरू हौं। यदि हामीले उहाँको आवाज सुन्यौ भने आज हामी उहाँका भेडा हौ।

8 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले जंङ्गलमा हुँदा मरीबामा गरे झै अनि मरूभूमिमा गरेको मस्सामा झैं जिद्दी नगर।

9 तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे, तर तिनीहरूले म के गर्न सक्थे भन्ने कुरा देखे।

10 चालीस वर्षसम्म म ती मानिसहरू गन-गन सहेर बसें। अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्। तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।

11 यसैले मेरो रीसमा तिनीहरू मेरो विश्रामको भूमिमा पस्ने छैनन भनी मैले प्रतिज्ञा गरें।”

1 O come, let us sing unto the Lord: let us make a joyful noise to the rock of our salvation.

2 Let us come before his presence with thanksgiving, and make a joyful noise unto him with psalms.

3 For the Lord is a great God, and a great King above all gods.

4 In his hand are the deep places of the earth: the strength of the hills is his also.

5 The sea is his, and he made it: and his hands formed the dry land.

6 O come, let us worship and bow down: let us kneel before the Lord our maker.

7 For he is our God; and we are the people of his pasture, and the sheep of his hand. To day if ye will hear his voice,

8 Harden not your heart, as in the provocation, and as in the day of temptation in the wilderness:

9 When your fathers tempted me, proved me, and saw my work.

10 Forty years long was I grieved with this generation, and said, It is a people that do err in their heart, and they have not known my ways:

11 Unto whom I sware in my wrath that they should not enter into my rest.