Psalm 86:11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्, अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु। मलाई मेरो जीवनको मुख्य चीज, तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
Psalm 86:11 in Other Translations
King James Version (KJV) Teach me thy way, O LORD; I will walk in thy truth: unite my heart to fear thy name.
American Standard Version (ASV) Teach me thy way, O Jehovah; I will walk in thy truth: Unite my heart to fear thy name.
Bible in Basic English (BBE) Make your way clear to me, O Lord; I will go on my way in your faith: let my heart be glad in the fear of your name.
Darby English Bible (DBY) Teach me thy way, Jehovah; I will walk in thy truth: unite my heart to fear thy name.
Webster's Bible (WBT) Teach me thy way, O LORD; I will walk in thy truth: unite my heart to fear thy name.
World English Bible (WEB) Teach me your way, Yahweh. I will walk in your truth. Make my heart undivided to fear your name.
Young's Literal Translation (YLT) Show me, O Jehovah, Thy way, I walk in Thy truth, My heart doth rejoice to fear Thy name.
Read Full Chapter :
Psalm 86
Cross Reference
Jeremiah 32:38
तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु।
Job 34:32
परमेश्वर, मैले तपाईंलाई नदेखे तापनि कृपया मलाई बाँच्नलाई ठीक शिक्षा दिनु होस्। यदि मैले गल्ती काम गरेको रहेछु भनें म फेरि त्यस्तो गर्ने छैन।’
Psalm 5:8
हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्। यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
1 Corinthians 10:21
तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ।
Psalm 26:3
मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइनँ अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
1 Corinthians 6:17
तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभु सितै एक बन्दछ।
Colossians 3:22
सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरुलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरु प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किन कि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ।
Psalm 143:8
परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस् तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें!
Hosea 10:2
इस्राएलको मानिसहरूको हृदय झूटो छ। अब तिनीहरूले आफ्नो अपराधको दण्ड भोग्नै पर्छ। परमप्रभुले तिनीहरूका स्मारक-ढुंङ्गाहरू नाश पार्नु हुनेछ। उहाँले तिनीहरूका वेदीहरू भत्काउनु हुनेछ।
Hosea 14:8
“हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन। म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु। म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु। म सधैं हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।”
Zephaniah 1:5
मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्ने प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झूटो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु।
Malachi 2:6
लेवीहरूले साँचो शिक्षा दिए। लेवीबरूले झूटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरणगरे अनि धेरै मानिसहरूलाई अपराध गर्नबाट बचाएँ।
Matthew 6:22
“तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ।
John 17:20
“म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्।
Acts 2:46
तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए।
Ephesians 4:21
म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्।
Colossians 3:17
तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।
2 John 1:4
तिम्रो कोही बालकहरु जो तिनीहरु पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुसरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ।
3 John 1:3
ख्रीष्टमा विश्वास रहेका कोही भाइहरु आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरुले भने कि तिमीले सत्यको मार्ग अनुसरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो।
John 6:45
अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्।
Psalm 25:4
हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
Psalm 25:12
यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ, तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।
Psalm 27:11
हे परमप्रभु, मेरा शत्रुहरू छन्। यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्। मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
Psalm 119:30
हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौ भनेर रोजेको छु। मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु।
Psalm 119:33
हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुसरण गर्नेछु।
Psalm 119:73
हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।
2 Corinthians 11:3
तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो।