Psalm 78 - BBE (Nepali)
1 <Maschil. Of Asaph.> Give ear, O my people, to my law; let your ears be bent down to the words of my mouth.मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन। मैले भनेका कुराहरूमा ध्यान देऊ।
2 Opening my mouth I will give out a story, even the dark sayings of old times;म तिमीहरूलाई यो कथा भन्ने छु। म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
3 Which have come to our hearing and our knowledge, as they were given to us by our fathers.हामीले ती कथाहरू सुन्यौ, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौ। हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
4 We will not keep them secret from our children; we will make clear to the coming generation the praises of the Lord and his strength, and the great works of wonder which he has done.अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौ, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
5 He put up a witness in Jacob, and made a law in Israel; which he gave to our fathers so that they might give knowledge of them to their children;परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो। परमेश्वरले इस्राएल लाई नियम दिनुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
6 So that the generation to come might have knowledge of them, even the children of the future, who would give word of them to their children;अनि आउने भावि सन्तानहरुले पनि यो नियमको बारेमा जान्नेछन् र तिनीहरु आफ्ना नानीहरुलाई सिकाउन सक्षम हुनेछन्।
7 So that they might put their hope in God, and not let God's works go out of their minds, but keep his laws;यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्। तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्। तिनीहरूले परमेशवरको आज्ञानुसार उहाँको नियमहरू पालन गर्नेछन्।
8 And not be like their fathers, a stiff-necked and uncontrolled generation; a generation whose heart was hard, whose spirit was not true to God.यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका आज्ञाहरूको विषयमा बताए भने नानीहरू तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्। तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए। तिनीहरूले उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे। ती मानिसहरू हठी थिए। तिनीहरू परमेश्वरको आत्मा प्रति विश्वासी थिएनन्।
9 The children of Ephraim, armed with bows, were turned back on the day of the fight.एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए, तर तिनीहरू युद्धभूमिबाट भागे।
10 They were not ruled by God's word, and they would not go in the way of his law;तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्। तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे।
11 They let his works go out of their memory, and the wonders which he had made them see.एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले। तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से।
12 He did great works before the eyes of their fathers, in the land of Egypt, in the fields of Zoan.परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा आफ्ना महान् शक्तिहरू देखाउनु भयो।
13 The sea was cut in two so that they might go through; the waters were massed together on this side and on that.परमेश्वरले लाल समुद्रलाई फार्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो। पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो।
14 In the daytime he was guiding them in the cloud, and all through the night with a light of fire.प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो। अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो।
15 The rocks of the waste land were broken by his power, and he gave them drink as out of the deep waters.परमेश्वरले चट्टानलाई मरूभूमिमा फोर्नु भयो।जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।
16 He made streams come out of the rock; and waters came flowing down like rivers.परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह चट्टानबाट ल्याउनु भयो!
17 And they went on sinning against him even more, turning away from the Most High in the waste land;तर मानिसहरूले उहाँकै विरूद्ध पाप अविरलमरूपले गरिरहे। मरूभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे।
18 Testing God in their hearts, requesting meat for their desire.तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्न फैसला गरे। तिनीहरूले परमेश्वरलाई खाना मागे तिनीहरूको तृप्त पार्न मात्रै।
19 They said bitter words against God, saying, Is God able to make ready a table in the waste land?तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने, “के मरूभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
20 See, the rock was cut open by his power, so that the water came rushing out, and overflowing streams; is he able to give us bread? is he able to get meat for his people?जब उहाँले चट्टानमा हिर्काउनुभयो, तेजले पानी बाहिर आयो र खोलाहरू बढेर आए। निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
21 So these things came to the Lord's ears, and he was angry; and a fire was lighted against Jacob, and wrath came up against Israel;परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो। परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो। इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो।
22 Because they had no faith in God, and no hope in his salvation.किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्। तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
23 And he gave orders to the clouds on high, and the doors of heaven were open;ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो, अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना वर्षाउनु भयो।
24 And he sent down manna like rain for their food, and gave them the grain of heaven.आकाश ढोकाहरू जस्तै खोलियो अनि आकाशका भण्डारबाट अन्न वर्षाउनु भयो।
25 Man took part in the food of strong ones; he sent them meat in full measure.मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए। परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
26 He sent an east wind from heaven, driving on the south wind by his power.परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो। उहाँले तिनीहरूमाथि आकाशबाट मासु वर्षाउनु भयो।
27 He sent down meat on them like dust, and feathered birds like the sand of the sea,अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे, तिनीहरू समुद्रको बलुवा जस्तै थिए।
28 And he let it come down into their resting-place, round about their tents.ती मानिसहरूका छाउनीका वरिपरि छाउनीको माझमा ठीक चराहरू झरे।
29 So they had food and were full; for he gave them their desire;तिनीहरूलाई खाना प्रशस्त थियो, तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।
30 But they were not turned from their desires; and while the food was still in their mouths,तिनीहरूले आफ्नो भोक खप्न सकेनन्। यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए।
31 The wrath of God came on them, and put to death the fattest of them, and put an end to the young men of Israel.परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो, अनि ती मध्ये धेरै जनालाई मार्नु भयो। परमेश्वरले धेरै हट्टाकट्ठा युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो।
32 For all this they went on sinning even more, and had no faith in his great wonders.तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।
33 So their days were wasted like a breath, and their years in trouble.यसकारण तिनीहरूको जीवन महा-विपदसँग समाप्त पारिदिनु भयो।
34 When he sent death on them, then they made search for him; turning to him and looking for him with care;जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति परिश्रमी हुँदै फर्के। तिनीहरूले परमेश्वर कै खोजी गरे।
35 In the memory that God was their Rock, and the Most High God their saviour.तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ। तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ।
36 But their lips were false to him, and their tongues were untrue to him;तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले। तिनीहरू परमेश्वरसित इमान्दार थिएनन्।
37 And their hearts were not right with him, and they did not keep their agreement with him.तिनीहरूको हृदय परमेश्वरसँग थिएन। तिनीहरू करारसँगआज्ञाकारी थिएनन्।
38 But he, being full of pity, has forgiveness for sin, and does not put an end to man: frequently turning back his wrath, and not being violently angry.तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
39 So he kept in mind that they were only flesh; a breath which is quickly gone, and will not come again.परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो। मानिसहरू हावाका झोकाहरू मात्र छन् जो बहन्छ र जाने गर्छ।
40 How frequently did they go against him in the waste land, and give him cause for grief in the dry places!उफ! यी नै मानिसहरूले मरूभूमिमा परमेश्वरलाई खुब कष्ट दिए! तिनीहरूले परमेश्वरलाई साह्रै खिन्न पारे!
41 Again they put God to the test, and gave pain to the Holy One of Israel.घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे। तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए।
42 They did not keep in mind the work of his hand, or the day when he took them from the power of their haters;ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से। तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से।
43 How he had done his signs in Egypt, and his wonders in the field of Zoan;तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।
44 So that their rivers were turned to blood, and they were not able to get drink from their streams.परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो। जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्।
45 He sent different sorts of flies among them, poisoning their flesh; and frogs for their destruction.परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो। जसले मिश्रवासीहरूलाई टोके। परमेश्वरले भ्यागुताहरू पठाउनु भयो जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
46 He gave the increase of their fields to worms, the fruits of their industry to the locusts.परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो, अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।
47 He sent ice for the destruction of their vines; their trees were damaged by the bitter cold.परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो। अनि हिम वर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।
48 Ice was rained down on their cattle; thunderstorms sent destruction among the flocks.परमेश्वरले बिमार र अस्वस्थताले तिनीहरूको पशुहरू मार्नुभयो।
49 He sent on them the heat of his wrath, his bitter disgust, letting loose evil angels among them.परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो। उहाँले आफ्ना ध्वंश गर्ने दूतहरू तिनीहरूको विरूद्ध पठाउनु भयो।
50 He let his wrath have its way; he did not keep back their soul from death, but gave their life to disease.परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो। उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन, डरालाग्दो बिमारको कारणले तिनीहरूलाई मर्न लगाउनु भयो।
51 He gave to destruction all the first sons of Egypt; the first-fruits of their strength in the tents of Ham;परमेश्वरले हाम्रो प्रथम जन्मने सन्तानलाई मार्नु भयो। उहाँले हाम्रो पहिले जन्मने सन्तानलाई मार्नभयो।
52 But he took his people out like sheep, guiding them in the waste land like a flock.त्यसपछि परमेश्वरले इस्राएललाई भेडावालाले झैं डोर्याउनु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडा झैं डोर्याउनु भयो।
53 He took them on safely so that they had no fear; but their haters were covered by the sea.उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो। उहाँका मानिसहरू डराउने कुनै कामै थिएन। परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
54 And he was their guide to his holy land, even to the mountain, which his right hand had made his;परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्याउँनु भयो।
55 Driving out nations before them, marking out the line of their heritage, and giving the people of Israel their tents for a resting-place.परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोडन वाध्य गराउनु भयो। परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो। उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।
56 But they were bitter against the Most High God, testing him, and not keeping his laws;तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे। तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
57 Their hearts were turned back and untrue like their fathers; they were turned to one side like a twisted bow.इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए। तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे। तिनीहरूले झटारो फ्याँकेजस्तै व्यवहार गरे।
58 They made him angry with their high places; moving him to wrath with their images.इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए। तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।
59 When this came to God's ears he was very angry, and gave up Israel completely;परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो। अनि उहाँले इस्राएल लाई पूर्णत रद्द गर्नुभयो।
60 So that he went away from the holy place in Shiloh, the tent which he had put among men;उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।
61 And he let his strength be taken prisoner, and gave his glory into the hands of his hater.परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो। शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
62 He gave his people up to the sword, and was angry with his heritage.परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो। उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
63 Their young men were burned in the fire; and their virgins were not praised in the bride-song.जवान पुरूषहरू जलेर मरे, अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।
64 Their priests were put to death by the sword, and their widows made no weeping for them.पूजाहारीहरू मारिदिए, तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।
65 Then was the Lord like one awaking from sleep, and like a strong man crying out because of wine.अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै, धेरै मद पिएको सिपाही जस्तै हाम्रो स्वामी ब्यूँझनु भयो।
66 His haters were turned back by his blows and shamed for ever.परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो। उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।
67 And he put the tent of Joseph on one side, and took not the tribe of Ephraim;तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो। उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
68 But he took the tribe of Judah for himself, and the mountain of Zion, in which he had pleasure.अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
69 And he made his holy place like the high heaven, like the earth which is fixed by him for ever.परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो। परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झैं सदा सर्वदाको निम्ति बनाउनु भयो।
70 He took David to be his servant, taking him from the place of the flocks;परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो। दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
71 From looking after the sheep which were giving milk, he took him to give food to Jacob his people, and to Israel his heritage.दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए, तर परमेश्वरले दाऊदलाई उहाँका आफ्ना मानिसहरूलाई हेरचाह गर्ने काम सुम्पनु भयो। याकूबका मानिसहरूलाई हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने, परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो।
72 So he gave them food with an upright heart, guiding them by the wisdom of his hands.दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए। खुब सतर्कपूर्ण अगुवाई गरे।
Nepali Bible