Psalm 72 - WEB (Nepali)
1 > God, give the king your justice; Your righteousness to the royal son.हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्। राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
2 He will judge your people with righteousness, And your poor with justice.आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्। गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
3 The mountains shall bring prosperity to the people. The hills bring the fruit of righteousness.त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 He will judge the poor of the people. He will save the children of the needy, And will break the oppressor in pieces.गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्। उहाँले असहायहरूलाई साथ दिओस्। कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
5 They shall fear you while the sun endures; And as long as the moon, throughout all generations.जब सम्म घाम उदाउँदछ अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
6 He will come down like rain on the mown grass, As showers that water the earth.खेतहरूमा पानी वर्षे जस्तै, धर्तीमा पानी झरी जस्तै राजा बनोस्।
7 In his days, the righteous shall flourish, And abundance of peace, until the moon is no more.उहाँको राज्यकालमा धार्मिकता फूलोस्, फूलोस्। जब सम्म जून रहँन्छ तब सम्म शान्ति रहोस्।
8 He shall have dominion also from sea to sea, From the River to the ends of the earth.उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
9 Those who dwell in the wilderness shall bow before him. His enemies shall lick the dust.मरूभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन् उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 The kings of Tarshish and of the isles will bring tribute. The kings of Sheba and Seba shall offer gifts.तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
11 Yes, all kings shall fall down before him. All nations shall serve him.सम्पूर्ण राजाहरूले हाम्रो राजाप्रति शिर झुकाउन्। सबै जातिहरूले उहाँको सेवा गरून्।
12 For he will deliver the needy when he cries; The poor, who has no helper.हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ। हाम्रो राजाले दीन-दुःखि, असहायहरूलाई साथ दिनुहुन्छ।
13 He will have pity on the poor and needy. He will save the souls of the needy.दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्। राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 He will redeem their soul from oppression and violence. Their blood will be precious in his sight.अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुरा्याउँन चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ। ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 They shall live, and to him shall be given of the gold of Sheba. Men shall pray for him continually. They shall bless him all day long.राजाको दीर्घायु होस्! अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्। सधैं राजाको निम्ति प्रार्थना गर। प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 There shall be abundance of grain throughout the land. Its fruit sways like Lebanon. Let it flourish, thriving like the grass of the field.खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस् र पहाडहरू अन्नबालीले ढाकियोस्। खेतहरू लबानोन जस्ता मलिलो रहोस्। अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तो शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 His name endures forever. His name continues as long as the sun. Men shall be blessed by him. All nations will call him blessed.राजा सदालाई ख्याती प्राप्त बनोस्। जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्। मानिसहरू उहाँबाट धन्य रहोस् अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
18 Praise be to Yahweh God, the God of Israel, Who alone does marvelous deeds.परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 Blessed be his glorious name forever! Let the whole earth be filled with his glory! Amen and amen.उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर! उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्! आमेन! आमेन!
20 This ends the prayers by David, the son of Jesse.यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।
Nepali Bible