Psalm 72 - BBE (Nepali)
1 <Of Solomon.> Give the king your authority, O God, and your righteousness to the king's son.हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्। राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
2 May he be a judge of your people in righteousness, and make true decisions for the poor.आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्। गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
3 May the mountains give peace to the people, and the hills righteousness.त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 May he be a judge of the poor among the people, may he give salvation to the children of those who are in need; by him let the violent be crushed.गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्। उहाँले असहायहरूलाई साथ दिओस्। कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
5 May his life go on as long as the sun and moon, through all generations.जब सम्म घाम उदाउँदछ अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
6 May he come down like rain on the cut grass; like showers watering the earth.खेतहरूमा पानी वर्षे जस्तै, धर्तीमा पानी झरी जस्तै राजा बनोस्।
7 In his days may the upright do well, living in peace as long as there is a moon in heaven.उहाँको राज्यकालमा धार्मिकता फूलोस्, फूलोस्। जब सम्म जून रहँन्छ तब सम्म शान्ति रहोस्।
8 Let his kingdom be from sea to sea, from the River to the ends of the earth.उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
9 Let those who are against him go down before him; and let his haters be low in the dust.मरूभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन् उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 Let the kings of Tarshish and of the islands come back with offerings; let the kings of Sheba and Seba give of their stores.तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
11 Yes, let all kings go down before him; let all nations be his servants.सम्पूर्ण राजाहरूले हाम्रो राजाप्रति शिर झुकाउन्। सबै जातिहरूले उहाँको सेवा गरून्।
12 For he will be a saviour to the poor in answer to his cry; and to him who is in need, without a helper.हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ। हाम्रो राजाले दीन-दुःखि, असहायहरूलाई साथ दिनुहुन्छ।
13 He will have pity on the poor, and be the saviour of those who are in need.दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्। राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 He will keep their souls free from evil designs and violent attacks; and their blood will be of value in his eyes.अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुरा्याउँन चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ। ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 May he have long life, and may gold from Sheba be given to him: may prayers be made for him at all times; may blessings be on him every day.राजाको दीर्घायु होस्! अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्। सधैं राजाको निम्ति प्रार्थना गर। प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 May there be wide-stretching fields of grain in the land, shaking on the top of the mountains, full of fruit like Lebanon: may its stems be unnumbered like the grass of the earth.खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस् र पहाडहरू अन्नबालीले ढाकियोस्। खेतहरू लबानोन जस्ता मलिलो रहोस्। अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तो शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 May his name go on for ever, as long as the sun: may men be blessing themselves by him; may all nations be blessing his name.राजा सदालाई ख्याती प्राप्त बनोस्। जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्। मानिसहरू उहाँबाट धन्य रहोस् अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
18 Praise be to the Lord God, the God of Israel, the only doer of wonders.परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 Praise to the glory of his noble name for ever; let all the earth be full of his glory. So be it, So be it.उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर! उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्! आमेन! आमेन!
20 The prayers of David, the son of Jesse, are ended. <A Psalm. Of Asaph.>यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।
Nepali Bible