Psalm 6 - BBE (Nepali)
1 <To the chief music-maker on corded instruments, on the Sheminith. A Psalm. Of David.> O Lord, do not be bitter with me in your wrath; do not send punishment on me in the heat of your passion.हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
2 Have mercy on me, O Lord, for I am wasted away: make me well, for even my bones are troubled.हे परमप्रभु, ममाथि दया राख्नुहोस् कारण म रोगी र कमजोर छु। मलाई निको पार्नुहोस्! मेरो हड्डीहरू दुःखिरहेका छन्।
3 My soul is in bitter trouble; and you, O Lord, how long?मेरो सम्पूर्ण शरीर कामि रहेकोछ, परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
4 Come back, O Lord, make my soul free; O give me salvation because of your mercy.परमप्रभु, फेरि फर्की आउँनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
5 For in death there is no memory of you; in the underworld who will give you praise?मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्। मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्!
6 The voice of my sorrow is a weariness to me; all the night I make my bed wet with weeping; it is watered by the drops flowing from my eyes.हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
7 My eyes are wasting away with trouble; they are becoming old because of all those who are against me.मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
8 Go from me, all you workers of evil; for the Lord has given ear to the voice of my weeping.दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
9 The Lord has given ear to my request; the Lord has let my prayer come before him.परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
10 Let all those who are against me be shamed and deeply troubled; let them be turned back and suddenly put to shame.मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
Nepali Bible