Bible

Psalm 55 - BBE (Nepali)

1 <To the chief music-maker, on Neginoth. Maschil. Of David.> Give hearing to my prayer, O God; and let not your ear be shut against my request.हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।

2 Give thought to me, and let my prayer be answered: I have been made low in sorrow;परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस् मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।

3 I am troubled because of the voice of the cruel ones, because of the loud cry of the evil-doers; for they put a weight of evil on me, and they are cruel in their hate for me.मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे। त्यो दुष्ट मानिसले मसित चिच्यायो। मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे। तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे।

4 My heart is deeply wounded, and the fear of death has come on me.मेरो हृदय भित्रभित्रै जोडले धडकिरहेको छ। मलाई मृत्युसित डर लाग्यो।

5 Fear and shaking have come over me, with deep fear I am covered.म डरले गर्दा र थर-थर कामी रहेकोछु, म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु।

6 And I said, If only I had wings like a dove! for then I would go in flight from here and be at rest.ओ हो! ढुकुरको जस्तो पंखेटाहरू भए म उडने थिएँ! अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।

7 I would go wandering far away, living in the waste land. (Selah.)म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ।

8 I would quickly take cover from the driving storm and from the violent wind.म भागेर बाँच्ने थिएँ। म दुःखको तूफानबाट भाग्ने थिएँ।

9 Send destruction on them, O Lord, make a division of tongues among them: for I have seen fighting and violent acts in the town.मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्। मैले यस शहरमा उपद्रो र झगडाहरू देखें। प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर अपराध र बर्बरताले भरिपूर्ण भयो।

10 By day and night they go round the town, on the walls; trouble and sorrow are in the heart of it.त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए। मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए।

11 Evil is there; cruel rule and deceit are ever in the streets.यदि यो शत्रु भएको भएता, म हेलाँ गरेको पनि सहन सक्थें। यदि यो मेरो शत्रु भएता म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें।

12 For it was not my hater who said evil of me; that would have been no grief to me; it was not one outside the number of my friends who made himself strong against me, or I would have kept myself from him in a secret place;तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।

13 But it was you, my equal, my guide, my well-loved friend.हामी आफ्समा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ, अनि हामी सँगै भीड-भाडमा छिर्दै, छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं।

14 We had loving talk together, and went to the house of God in company.मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजावोस्! म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्! किन? किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्।

15 Let the hand of death come on them suddenly, and let them go down living into the underworld; because evil is in their houses and in their hearts.म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु, अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।

16 As for me, I will make my prayer to God, and he will be my saviour.म परमेश्वरसँग बिहान, दिउसो र बेलुकी कुरा गर्दछु। मेरो अस्तव्यस्त उहाँलाई बताउँछु। अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!

17 In the evening and in the morning and in the middle of the day I will make my prayer with sounds of grief; and my voice will come to his ears.मैले धेरै युद्धहरू लडी सकेको छु। तर परमेश्वरले मलाई सधैं बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ।

18 He has taken my soul away from the attack which was made against me, and given it peace; for great numbers were against me.परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ। सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।

19 God will give thought to me; he who from early times is strong will send pain and trouble on them. (Selah.) Because they are unchanged, they have no fear of God.मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्। तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्।

20 He has put out his hand against those who were at peace with him; he has not kept his agreement.मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्। तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।

21 The words of his mouth were smoother than butter, but war was in his heart; his words were softer than oil, but they were sharp swords.मेरा शत्रुहरू वास्तवमा चिप्लो धस्नेहरू हुन्, तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्। तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ, तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।

22 Put your cares on the Lord, and he will be your support; he will not let the upright man be moved.तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ। परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।

23 But you, O God, will send them down into the underworld; the cruel and the false will be cut off before half their days are ended; but I will have faith in you.हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

Nepali Bible