Psalm 39 - YLT (Nepali)
1 To the Overseer, to Jeduthun. -- A Psalm of David. I have said, `I observe my ways, Against sinning with my tongue, I keep for my mouth a curb, while the wicked `is' before me.'मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।”
2 I was dumb `with' silence, I kept silent from good, and my pain is excited.यसैले मैले केही भनिनँ। मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ। तर मेरो मनोव्याथा अझ बढ्यो।
3 Hot `is' my heart within me, In my meditating doth the fire burn, I have spoken with my tongue.म एकदमै रिसाएको थिएँ अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ, यसैले मैले केही भनें।
4 `Cause me to know, O Jehovah, mine end, And the measure of my days -- what it `is',' I know how frail I `am'.हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ? भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु? मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!
5 Lo, handbreadths Thou hast made my days, And mine age `is' as nothing before Thee, Only, all vanity `is' every man set up. Selah.परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो। तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन बादल जस्तो छ जुन चाँडै विलिन हुँदछ, कुनै पनि मानिस सदा सर्वदा बाँच्दैन!
6 Only, in an image doth each walk habitually, Only, `in' vain, they are disquieted, He heapeth up and knoweth not who gathereth them.हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।
7 And, now, what have I expected? O Lord, my hope -- it `is' of Thee.यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ? तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।
8 From all my transgressions deliver me, A reproach of the fool make me not.हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।
9 I have been dumb, I open not my mouth, Because Thou -- Thou hast done `it'.म आफ्नो मुख खोल्ने छैन म केही पनि भन्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।
10 Turn aside from off me Thy stroke, From the striving of Thy hand I have been consumed.तर परमेश्वर, मलाई शान्ति दिन थाम्नु होस् यदि तपाईं थामिनु भएन भने मलाई ध्वंश पार्नुहुनेछ!
11 With reproofs against iniquity, Thou hast corrected man, And dost waste as a moth his desirableness, Only, vanity `is' every man. Selah.हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्। जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ। हो, हाम्रो जीवन चाँडै नै हराउने जाने बादल जस्तो छ।
12 Hear my prayer, O Jehovah, And `to' my cry give ear, Unto my tear be not silent, For a sojourner I `am' with Thee, A settler like all my fathers.हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्! मेरा ती विलापका शब्दहरू सुन्नुहोस्, मेरा आँसुहरू हेर्नुहोस्। तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ। मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु।
13 Look from me, and I brighten up before I go and am not!हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।
Nepali Bible