Psalm 37:22 यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
Psalm 37:22 in Other Translations
King James Version (KJV) For such as be blessed of him shall inherit the earth; and they that be cursed of him shall be cut off.
American Standard Version (ASV) For such as are blessed of him shall inherit the land; And they that are cursed of him shall be cut off.
Bible in Basic English (BBE) Those who have his blessing will have the earth for their heritage; but those who are cursed by him will be cut off.
Darby English Bible (DBY) for those blessed of him shall possess the land, and they that are cursed of him shall be cut off.
Webster's Bible (WBT) For such as are blessed by him shall inherit the earth; and they that are cursed by him shall be cut off.
World English Bible (WEB) For such as are blessed by him shall inherit the land. Those who are cursed by him shall be cut off.
Young's Literal Translation (YLT) For His blessed ones do possess the land, And His reviled ones are cut off.
Read Full Chapter :
Psalm 37
Cross Reference
हितोपदेश 3:33
दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।
भजनसंग्रह 37:9
किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन् तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्, परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
भजनसंग्रह 37:11
नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।
भजनसंग्रह 37:18
परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ, तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।
भजनसंग्रह 37:28
परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोडनु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
भजनसंग्रह 115:15
परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, तिमीहरूलाई आशीर्वाद दिऊन्!
भजनसंग्रह 119:21
हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित् घटनाहरू तिनीहरूतर्फ घट्नेछन् तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
अय्यूब 5:3
मैले एकजना मूर्ख मानिसलाई देखें। उसले आफू सबै सुरक्षित मान्थ्यो तर अचानक उसको घर श्रापित भयो।
जकरिया 5:3
त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झुटो बोल्ने मानिसहरुको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरुले शपथ लिन्छ।
मत्ती 25:41
“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।
1 कोरिन्थी 16:22
जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!
गलाती 3:10
तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”
गलाती 3:13
व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्डयाइन्छ त्यो श्रापित हो।
भजनसंग्रह 128:1
परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
भजनसंग्रह 32:1
त्यो मानिस खुशी हुन्छ जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।