Bible

Psalm 24 - WEB (Nepali)

1 > The earth is Yahweh's, with its fullness; The world, and those who dwell therein.पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।

2 For he has founded it on the seas, And established it on the floods.परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।

3 Who may ascend to Yahweh's hill? Who may stand in his holy place?परमप्रभुको पर्वतमाथि को जान सक्छ? उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?

4 He who has clean hands and a pure heart; Who has not lifted up his soul to falsehood, And has not sworn deceitfully.मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।

5 He shall receive a blessing from Yahweh, Righteousness from the God of his salvation.असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्। ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।

6 This is the generation of those who seek Him, Who seek your face--even Jacob. Selah.ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्। तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।

7 Lift up your heads, you gates; Be lifted up, you everlasting doors: The King of glory will come in.हे मूल प्रवेश-द्वारहरू। आफ्ना टाउकाहरू उठाऊ! सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा आउनु हुनेछ।

8 Who is the King of glory? Yahweh strong and mighty, Yahweh mighty in battle.महिमाका महाराज को हुनुहुन्छ? परमप्रभु नै ती राजा हुन्। उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ। परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।

9 Lift up your heads, you gates; Yes, lift them up, you everlasting doors: The King of glory will come in.हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू खुल्ला होऊ, र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।

10 Who is this King of glory? Yahweh of Hosts, He is the King of glory. Selah.यो महिमाका महाराजा को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ। उहाँ नै महिमाका महाराजा हुनुहुन्छ!

Nepali Bible