Bible

Psalm 24 - BBE (Nepali)

1 <A Psalm. Of David.> The earth is the Lord's, with all its wealth; the world and all the people living in it.पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।

2 For by him it was based on the seas, and made strong on the deep rivers.परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।

3 Who may go up into the hill of the Lord? and who may come into his holy place?परमप्रभुको पर्वतमाथि को जान सक्छ? उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?

4 He who has clean hands and a true heart; whose desire has not gone out to foolish things, who has not taken a false oath.मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।

5 He will have blessing from the Lord, and righteousness from the God of his salvation.असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्। ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।

6 This is the generation of those whose hearts are turned to you, even to your face, O God of Jacob. (Selah.)ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्। तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।

7 Let your heads be lifted up, O doors; be lifted up, O you eternal doors: that the King of glory may come in.हे मूल प्रवेश-द्वारहरू। आफ्ना टाउकाहरू उठाऊ! सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा आउनु हुनेछ।

8 Who is the King of glory? The Lord of strength and power, the Lord strong in war.महिमाका महाराज को हुनुहुन्छ? परमप्रभु नै ती राजा हुन्। उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ। परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।

9 Let your heads be lifted up, O doors; let them be lifted up, O you eternal doors: that the King of glory may come in.हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू खुल्ला होऊ, र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।

10 Who is the King of glory? The Lord of armies, he is the King of glory. (Selah.)यो महिमाका महाराजा को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ। उहाँ नै महिमाका महाराजा हुनुहुन्छ!

Nepali Bible