Psalm 18:20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिड्ढति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।
Psalm 18:20 in Other Translations
King James Version (KJV) The LORD rewarded me according to my righteousness; according to the cleanness of my hands hath he recompensed me.
American Standard Version (ASV) Jehovah hath rewarded me according to my righteousness; According to the cleanness of my hands hath he recompensed me.
Bible in Basic English (BBE) The Lord gives me the reward of my righteousness, because my hands are clean before him.
Darby English Bible (DBY) Jehovah hath rewarded me according to my righteousness; according to the cleanness of my hands hath he recompensed me.
Webster's Bible (WBT) He brought me forth also in a large place; he delivered me, because he delighted in me.
World English Bible (WEB) Yahweh has rewarded me according to my righteousness. According to the cleanness of my hands has he recompensed me.
Young's Literal Translation (YLT) Jehovah doth recompense me According to my righteousness, According to the cleanness of my hands, He doth return to me.
Read Full Chapter :
Psalm 18
Cross Reference
Psalm 24:4
मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
1 Samuel 24:17
शाऊलले भने, “तिमी म भन्दा धर्मी अनि असल छौ तिमीले म प्रति असल काम गर्यौ, तर म नै तिम्रो विरूद्धमा थिएँ।
1 Samuel 24:19
यसले यो देखाउँछ म तिम्रो शत्रु होइन। मानिसले शत्रुलाई सहजै पक्रन सक्दैन र सहजै छोडदैन पनि उसले शत्रुलाई राम्रो गर्दैन। परमप्रभुले तिमीलाई इनाम दिनुहुन्छ, कारण तिमीले मलाई केही गरेनौ।
Job 22:30
तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ। किन? किनभने तिमी एकदमै पवित्र हुनेछौ।”
Psalm 7:3
हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ। म कसम खान्छु मैले नराम्रो काम गरिनँ!
Psalm 7:8
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्। मेरो न्याय गर्नुहोस्। म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
Psalm 18:24
यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ। किन? किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिन। यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।
Psalm 26:6
हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस् म तपाईंको वेदीको वरिपरि हिंड्न सकूँ।
1 Samuel 24:11
यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थें, तर मैले त्यसो गरिन। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विरूद्धमा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ।
Proverbs 11:18
दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ।
Isaiah 49:4
मैले भने, “मैले व्यर्थै परिश्रम गरें, मैले आफूलाई थोत्रो पारें, तर उपयोगी काम भने भएन्। मैले मेरा सारा शक्तिहरू प्रयोग गरें तर वास्तवमा मैले केही पनि पाइँन। यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ। परमेश्वरले मेरो कामको प्रतिफल दिनै पर्छ।
Isaiah 62:11
सुन, परमप्रभु टाढा देशहरूमा बस्नेहरूसँग बोली रहनु भएकोछन “सियोनका मानिसहरूलाई बताऊ हेर, तिमीहरूका मुक्तिदाता आउँदै हुनहुन्छ। उहाँले तिमीहरूको लागि पुरस्कार ल्याई रहनु भएकोछ उहाँले त्यो इनाम आफैसँग लिएर आउउनु हुँदैछ।”
Matthew 6:4
तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।
1 Corinthians 3:8
रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ।
Hebrews 7:26
यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।
Psalm 58:11
तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन, परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो!