Psalm 12:3 in Nepali

Nepali Nepali Bible Psalm Psalm 12 Psalm 12:3

Psalm 12:3
परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।

Psalm 12:2Psalm 12Psalm 12:4

Psalm 12:3 in Other Translations

King James Version (KJV)
The LORD shall cut off all flattering lips, and the tongue that speaketh proud things:

American Standard Version (ASV)
Jehovah will cut off all flattering lips, The tongue that speaketh great things;

Bible in Basic English (BBE)
The smooth lips and the tongue of pride will be cut off by the Lord.

Darby English Bible (DBY)
Jehovah will cut off all flattering lips, the tongue that speaketh proud things,

Webster's Bible (WBT)
They speak vanity every one with his neighbor: with flattering lips and with a double heart do they speak.

World English Bible (WEB)
May Yahweh cut off all flattering lips, And the tongue that boasts,

Young's Literal Translation (YLT)
Jehovah doth cut off all lips of flattery, A tongue speaking great things,

The
Lord
יַכְרֵ֣תyakrētyahk-RATE
shall
cut
off
יְ֭הוָהyĕhwâYEH-va
all
כָּלkālkahl
flattering
שִׂפְתֵ֣יśiptêseef-TAY
lips,
חֲלָק֑וֹתḥălāqôthuh-la-KOTE
and
the
tongue
לָ֝שׁ֗וֹןlāšônLA-SHONE
that
speaketh
מְדַבֶּ֥רֶתmĕdabberetmeh-da-BEH-ret
proud
things:
גְּדֹלֽוֹת׃gĕdōlôtɡeh-doh-LOTE

Cross Reference

Revelation 13:5
त्यस पशुलाई अहँकारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो।

Daniel 7:8
“अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो।

Daniel 4:30
जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”

Proverbs 18:21
आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।

Psalm 17:10
तिनीहरूमा दया छैन। तिनीहरू साह्रै अहंकारी छन्। तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।

Jude 1:16
यी मानिसहरु सदैव विरोध जनाउँछन् अनि अरुको त्रुटि खोज्छन्। तिनीहरुले सदैव तिनीहरुले गर्न चाहेका कुकर्महरु गर्छन्। तिनीहरु आफ्नै गर्व गर्छन्। तिनीहरुले अन्य मानिसहरुको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरु जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।

2 Peter 2:18
ती झूटा शिक्षकहरु त्यस्ता वचनहरुमा गर्व गर्छन् जसको केही अर्थ छैन. तिनीहरुले मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरुले, यस्ता मानिसहरुलाई आर्कषित गराइरहेछन् जो मानिसहरु कुकर्म गर्नेहरुबाट टाडा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरुले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्।

Malachi 3:13
परमप्रभु भन्नुहुन्छ, “तिमीले मेरो बिषयमा कुराहरू गर्यौ।” तर तिमीहरू सोध्छौ, “हामीले तपाईको बिषयमा के कुरा गर्यौं?”

Daniel 7:25
त्यसले सर्वोच्चको विरूद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बद्लने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन वर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।

Ezekiel 29:3
भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छहे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु। तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो। तिमीले भन्यौ, “यो मेरो नदी हो! यही नदी हो जुन मैले बनाएँ।”

Ezekiel 28:9
त्यो मानिसले तिमीलाई मार्नेछ। के अहिले सम्म तिमी भन्छौ, “म देवता हुँ?” त्यससमय उसले तिमीलाई आफ्नो अधिकारमा लिनेछ। त्यस समय तिमीले सम्झनेछौं कि तिमी मानिस मात्र हौं, परमेश्वर होइनौ।

Ezekiel 28:2
“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।”तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ।

Isaiah 10:10
मैले ती अनिष्ट राज्यहरूलाई पराजित गरें अनि अहिले तिनीहरूलाई आफ्नो नियन्त्रणमा राखेको छु। ती मानिसहरूले पूज्ने मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरू भन्दा अति उत्तम खालका छन्।

Psalm 73:8
तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन् अनि तिनीहरूले सधैं नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।

Job 32:22
म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन। यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।

2 Kings 19:23
तिमीले आफ्ना राजदूतहरू पठायौ परमप्रभुको अपमान गर्न तिमीले भन्यौ, “म सँगै धेरै मेरा रथहरू लिई अग्ला पहाडमा आएँ। म लबानोनको भित्रसम्म आएँ। मैले लबानोनका अग्ला देवदार रूखहरू असल सल्लाका रूखहरू ढाल। म लबानोनको अग्लो भागमाथि गएँ लहलहाउँदो बनमा पसें।

1 Samuel 17:43
गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्त चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो।

1 Samuel 2:3
अब अहंकार हुदैन! अहंकारपूर्ण वचनहरू अब छैन कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।

Exodus 15:9
“शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’