Bible

Psalm 112 - BBE (Nepali)

1 Let the Lord be praised. Happy is the man who gives honour to the Lord, and has great delight in his laws.परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।

2 His seed will be strong on the earth; blessings will be on the generation of the upright.उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ। असल मानिसका सन्तानहरूलाई साँचो रूपमा आशीर्वाद दिइनेछ।

3 A store of wealth will be in his house, and his righteousness will be for ever.त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ अनि उसको भद्रता सदा सर्वदा रहने छ।

4 For the upright there is a light shining in the dark; he is full of grace and pity.सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ। परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।

5 All is well for the man who is kind and gives freely to others; he will make good his cause when he is judged.मानिसको लागि दयालु र उदार हुनु उत्तम हो। एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।

6 He will not ever be moved; the memory of the upright will be living for ever.त्यो मानिसको पतन कहिल्‌यै पनि हुनेछैन, असल मानिसको सधैं स्मरण गरिन्छ।

7 He will have no fear of evil news; his heart is fixed, for his hope is in the Lord.उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन। त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।

8 His heart is resting safely, he will have no fear, till he sees trouble come on his haters.त्यो मानिसमा आत्मविश्वास छ, उ भयभीत हुनेछैन। उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।

9 He has given with open hands to the poor; his righteousness is for ever; his horn will be lifted up with honour.त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।

10 The sinner will see it with grief; he will be wasted away with envy; the desire of the evil-doers will come to nothing.दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कडकडाउँछन। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफुले चाहेका कुराहरू पाउने छैनन्।

Nepali Bible