Bible

Proverbs 9 - BBE (Nepali)

1 Wisdom has made her house, putting up her seven pillars.ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी।

2 She has put her fat beasts to death; her wine is mixed, her table is ready.उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी।

3 She has sent out her women-servants; her voice goes out to the highest places of the town, saying,तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई।

4 Whoever is simple, let him come in here; and to him who has no sense, she says:तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ। उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी।

5 Come, take of my bread, and of my wine which is mixed.आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु।

6 Give up the simple ones and have life, and go in the way of knowledge.अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड।

7 He who gives teaching to a man of pride gets shame for himself; he who says sharp words to a sinner gets a bad name.अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।

8 Do not say sharp words to a man of pride, or he will have hate for you; make them clear to a wise man, and you will be dear to him.अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्का्यौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ।

9 Give teaching to a wise man, and he will become wiser; give training to an upright man, and his learning will be increased.ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।

10 The fear of the Lord is the start of wisdom, and the knowledge of the Holy One gives a wise mindपरमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।

11 For by me your days will be increased, and the years of your life will be long.किनभने तिम्रो आयु बढने, दिन समय बढनु र तिम्रो जीवनमा र्बषको र्बष बढेर जानु मबाट नै हुन्छ।

12 If you are wise, you are wise for yourself; if your heart is full of pride, you only will have the pain of it.यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।

13 The foolish woman is full of noise; she has no sense at all.मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।

14 Seated at the door of her house, in the high places of the town,ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे।

15 Crying out to those who go by, going straight on their way, she says:उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे,

16 Whoever is simple, let him come in here: and to him who is without sense, she says:अरे हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।

17 Drink taken without right is sweet, and food in secret is pleasing.“बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।”

18 But he does not see that the dead are there, that her guests are in the deep places of the underworld.मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।

Nepali Bible