Bible

Proverbs 9 - ASV (Nepali)

1 Wisdom hath builded her house; She hath hewn out her seven pillars:ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी।

2 She hath killed her beasts; She hath mingled her wine; She hath also furnished her table:उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी।

3 She hath sent forth her maidens; She crieth upon the highest places of the city:तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई।

4 Whoso is simple, let him turn in hither: As for him that is void of understanding, she saith to him,तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ। उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी।

5 Come, eat ye of my bread, And drink of the wine which I have mingled.आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु।

6 Leave off, ye simple ones, and live; And walk in the way of understanding.अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड।

7 He that correcteth a scoffer getteth to himself reviling; And he that reproveth a wicked man `getteth' himself a blot.अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।

8 Reprove not a scoffer, lest he hate thee: Reprove a wise man, and he will love thee.अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्का्यौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ।

9 Give `instruction' to a wise man, and he will be yet wiser: Teach a righteous man, and he will increase in learning.ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।

10 The fear of Jehovah is the beginning of wisdom; And the knowledge of the Holy One is understanding.परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।

11 For by me thy days shall be multiplied, And the years of thy life shall be increased.किनभने तिम्रो आयु बढने, दिन समय बढनु र तिम्रो जीवनमा र्बषको र्बष बढेर जानु मबाट नै हुन्छ।

12 If thou art wise, thou art wise for thyself; And if thou scoffest, thou alone shalt bear it.यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।

13 The foolish woman is clamorous; `She is' simple, and knoweth nothing.मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।

14 And she sitteth at the door of her house, On a seat in the high places of the city,ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे।

15 To call to them that pass by, Who go right on their ways:उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे,

16 Whoso is simple, let him turn in hither; And as for him that is void of understanding, she saith to him,अरे हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।

17 Stolen waters are sweet, And bread `eaten' in secret is pleasant.“बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।”

18 But he knoweth not that the dead are there; That her guests are in the depths of Sheol.मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।

Nepali Bible