Proverbs 8 - WEB (Nepali)
1 Doesn't wisdom cry out? Doesn't understanding raise her voice?के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
2 On the top of high places by the way, Where the paths meet, she stands.ऊ अग्लो ठाउँहरू माथि उभिन्छे जहाँबाट दोबाटो देखिन्छन्।
3 Beside the gates, at the entry of the city, At the entry doors, she cries aloud:ऊ शहरको प्रवेशद्वार नजिक छे उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।
4 "To you men, I call! I send my voice to the sons of mankind.ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सबै मानिसहरूलाई बोलाउँदैछु।
5 You simple, understand prudence. You fools, be of an understanding heart.तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक।
6 Hear, for I will speak excellent things. The opening of my lips is for right things.तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।
7 For my mouth speaks truth. Wickedness is an abomination to my lips.मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।
8 All the words of my mouth are in righteousness. There is nothing crooked or perverse in them.मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।
9 They are all plain to him who understands, Right to those who find knowledge.यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल अग्रिम छन्।
10 Receive my instruction rather than silver; Knowledge rather than choice gold.मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
11 For wisdom is better than rubies. All the things that may be desired can't be compared to it.ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”
12 "I, wisdom, have made prudence my dwelling. Find out knowledge and discretion.“म ज्ञान हुँ। अनि म बिवेकसँग बस्छु। तिमीले मलाई विद्या अनि राम्रो योजनासंग पाउँन सक्छौ।
13 The fear of Yahweh is to hate evil. I hate pride, arrogance, the evil way, and the perverse mouth.परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।
14 Counsel and sound knowledge are mine. I have understanding and power.मसंग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसंग समझशक्ति अनि सामर्थ्य छन्।
15 By me kings reign, And princes decree justice.मेरै सहायतामा राजाहरूले राज गर्छन्, अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ।
16 By me princes rule; Nobles, and all the righteous rulers of the earth.राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्।
17 I love those who love me. Those who seek me diligently will find me.म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।
18 With me are riches, honor, Enduring wealth, and prosperity.धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।
19 My fruit is better than gold, yes, than fine gold; My yield than choice silver.मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन् औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।
20 I walk in the way of righteousness, In the midst of the paths of justice;म मानिसहरूलाई सही मार्गमा डोर्याँउछु, म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याँउछु।
21 That I may give wealth to those who love me. I fill their treasuries.मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु, हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।
22 "Yahweh possessed me in the beginning of his work, Before his deeds of old.परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।
23 I was set up from everlasting, from the beginning, Before the earth existed.यो संसार सृजना गरिनु भन्दा पहिला अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो।
24 When there were no depths, I was brought forth, When there were no springs abounding with water.जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ। पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए।
25 Before the mountains were settled in place, Before the hills, I was brought forth;पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि, म जन्मिएको थिएँ।
26 While as yet he had not made the earth, nor the fields, Nor the beginning of the dust of the world.परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै, पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ।
27 When he established the heavens, I was there; When he set a circle on the surface of the deep,जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ। जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ।
28 When he established the clouds above, When the springs of the deep became strong,जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।
29 When he gave to the sea its boundary, That the waters should not violate his commandment, When he marked out the foundations of the earth;उहाँले समुद्रको सिमाना तोक्दा उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी उहाँले पृथ्वीको जग बसाउँनु हुँदा।
30 Then I was the craftsman by his side. I was a delight day by day, Always rejoicing before him,म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ। हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें।
31 Rejoicing in his whole world. My delight was with the sons of men.म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु, म मानव जातिमा खुशी लिन्छु।
32 "Now therefore, my sons, listen to me, For blessed are those who keep my ways.अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।
33 Hear instruction, and be wise. Don't refuse it.मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर।
34 Blessed is the man who hears me, Watching daily at my gates, Waiting at my door posts.जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।
35 For whoever finds me, finds life, And will obtain favor from Yahweh.किनभने जसले मलाई पाउँछ, उसले जीवन पाँउछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।
36 But he who sins against me wrongs his own soul. All those who hate me love death."तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याँउछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”
Nepali Bible