Proverbs 8 - KJV (Nepali)
1 Doth not wisdom cry? and understanding put forth her voice?के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
2 She standeth in the top of high places, by the way in the places of the paths.ऊ अग्लो ठाउँहरू माथि उभिन्छे जहाँबाट दोबाटो देखिन्छन्।
3 She crieth at the gates, at the entry of the city, at the coming in at the doors.ऊ शहरको प्रवेशद्वार नजिक छे उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।
4 Unto you, O men, I call; and my voice is to the sons of man.ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सबै मानिसहरूलाई बोलाउँदैछु।
5 O ye simple, understand wisdom: and, ye fools, be ye of an understanding heart.तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक।
6 Hear; for I will speak of excellent things; and the opening of my lips shall be right things.तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।
7 For my mouth shall speak truth; and wickedness is an abomination to my lips.मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।
8 All the words of my mouth are in righteousness; there is nothing froward or perverse in them.मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।
9 They are all plain to him that understandeth, and right to them that find knowledge.यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल अग्रिम छन्।
10 Receive my instruction, and not silver; and knowledge rather than choice gold.मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
11 For wisdom is better than rubies; and all the things that may be desired are not to be compared to it.ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”
12 I wisdom dwell with prudence, and find out knowledge of witty inventions.“म ज्ञान हुँ। अनि म बिवेकसँग बस्छु। तिमीले मलाई विद्या अनि राम्रो योजनासंग पाउँन सक्छौ।
13 The fear of the LORD is to hate evil: pride, and arrogancy, and the evil way, and the froward mouth, do I hate.परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।
14 Counsel is mine, and sound wisdom: I am understanding; I have strength.मसंग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसंग समझशक्ति अनि सामर्थ्य छन्।
15 By me kings reign, and princes decree justice.मेरै सहायतामा राजाहरूले राज गर्छन्, अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ।
16 By me princes rule, and nobles, even all the judges of the earth.राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्।
17 I love them that love me; and those that seek me early shall find me.म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।
18 Riches and honour are with me; yea, durable riches and righteousness.धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।
19 My fruit is better than gold, yea, than fine gold; and my revenue than choice silver.मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन् औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।
20 I lead in the way of righteousness, in the midst of the paths of judgment:म मानिसहरूलाई सही मार्गमा डोर्याँउछु, म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याँउछु।
21 That I may cause those that love me to inherit substance; and I will fill their treasures.मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु, हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।
22 The LORD possessed me in the beginning of his way, before his works of old.परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।
23 I was set up from everlasting, from the beginning, or ever the earth was.यो संसार सृजना गरिनु भन्दा पहिला अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो।
24 When there were no depths, I was brought forth; when there were no fountains abounding with water.जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ। पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए।
25 Before the mountains were settled, before the hills was I brought forth:पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि, म जन्मिएको थिएँ।
26 While as yet he had not made the earth, nor the fields, nor the highest part of the dust of the world.परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै, पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ।
27 When he prepared the heavens, I was there: when he set a compass upon the face of the depth:जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ। जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ।
28 When he established the clouds above: when he strengthened the fountains of the deep:जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।
29 When he gave to the sea his decree, that the waters should not pass his commandment: when he appointed the foundations of the earth:उहाँले समुद्रको सिमाना तोक्दा उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी उहाँले पृथ्वीको जग बसाउँनु हुँदा।
30 Then I was by him, as one brought up with him: and I was daily his delight, rejoicing always before him;म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ। हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें।
31 Rejoicing in the habitable part of his earth; and my delights were with the sons of men.म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु, म मानव जातिमा खुशी लिन्छु।
32 Now therefore hearken unto me, O ye children: for blessed are they that keep my ways.अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।
33 Hear instruction, and be wise, and refuse it not.मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर।
34 Blessed is the man that heareth me, watching daily at my gates, waiting at the posts of my doors.जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।
35 For whoso findeth me findeth life, and shall obtain favour of the LORD.किनभने जसले मलाई पाउँछ, उसले जीवन पाँउछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।
36 But he that sinneth against me wrongeth his own soul: all they that hate me love death.तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याँउछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”
Nepali Bible