Bible

Proverbs 8 - BBE (Nepali)

1 Is not wisdom crying out, and the voice of knowledge sounding?के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?

2 At the top of the highways, at the meeting of the roads, she takes her place;ऊ अग्लो ठाउँहरू माथि उभिन्छे जहाँबाट दोबाटो देखिन्छन्।

3 Where the roads go into the town her cry goes out, at the doorways her voice is loud:ऊ शहरको प्रवेशद्वार नजिक छे उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।

4 I am crying out to you, O men; my voice comes to the sons of men.ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सबै मानिसहरूलाई बोलाउँदैछु।

5 Become expert in reason, O you simple ones; you foolish ones, take training to heart.तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक।

6 Give ear, for my words are true, and my lips are open to give out what is upright.तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।

7 For good faith goes out of my mouth, and false lips are disgusting to me.मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।

8 All the words of my mouth are righteousness; there is nothing false or twisted in them.मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।

9 They are all true to him whose mind is awake, and straightforward to those who get knowledge.यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल अग्रिम छन्।

10 Take my teaching, and not silver; get knowledge in place of the best gold.मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।

11 For wisdom is better than jewels, and all things which may be desired are nothing in comparison with her.ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”

12 I, wisdom, have made wise behaviour my near relation; I am seen to be the special friend of wise purposes.“म ज्ञान हुँ। अनि म बिवेकसँग बस्छु। तिमीले मलाई विद्या अनि राम्रो योजनासंग पाउँन सक्छौ।

13 The fear of the Lord is seen in hating evil: pride, a high opinion of oneself, the evil way, and the false tongue, are unpleasing to me.परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।

14 Wise design and good sense are mine; reason and strength are mine.मसंग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसंग समझशक्ति अनि सामर्थ्य छन्।

15 Through me kings have their power, and rulers give right decisions.मेरै सहायतामा राजाहरूले राज गर्छन्, अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ।

16 Through me chiefs have authority, and the noble ones are judging in righteousness.राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्।

17 Those who have given me their love are loved by me, and those who make search for me with care will get me.म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।

18 Wealth and honour are in my hands, even wealth without equal and righteousness.धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।

19 My fruit is better than gold, even than the best gold; and my increase is more to be desired than silver.मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन् औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।

20 I go in the road of righteousness, in the way of right judging:म मानिसहरूलाई सही मार्गमा डोर्याँउछु, म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याँउछु।

21 So that I may give my lovers wealth for their heritage, making their store-houses full.मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु, हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।

22 The Lord made me as the start of his way, the first of his works in the past.परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।

23 From eternal days I was given my place, from the birth of time, before the earth was.यो संसार सृजना गरिनु भन्दा पहिला अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो।

24 When there was no deep I was given birth, when there were no fountains flowing with water.जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ। पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए।

25 Before the mountains were put in their places, before the hills was my birth:पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि, म जन्मिएको थिएँ।

26 When he had not made the earth or the fields or the dust of the world.परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै, पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ।

27 When he made ready the heavens I was there: when he put an arch over the face of the deep:जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ। जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ।

28 When he made strong the skies overhead: when the fountains of the deep were fixed:जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।

29 When he put a limit to the sea, so that the waters might not go against his word: when he put in position the bases of the earth:उहाँले समुद्रको सिमाना तोक्दा उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी उहाँले पृथ्वीको जग बसाउँनु हुँदा।

30 Then I was by his side, as a master workman: and I was his delight from day to day, playing before him at all times;म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ। हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें।

31 Playing in his earth; and my delight was with the sons of men.म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु, म मानव जातिमा खुशी लिन्छु।

32 Give ear to me then, my sons: for happy are those who keep my ways.अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।

33 Take my teaching and be wise; do not let it go.मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर।

34 Happy is the man who gives ear to me, watching at my doors day by day, keeping his place by the pillars of my house.जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।

35 For whoever gets me gets life, and grace from the Lord will come to him.किनभने जसले मलाई पाउँछ, उसले जीवन पाँउछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।

36 But he who does evil to me, does wrong to his soul: all my haters are in love with death.तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याँउछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”

Nepali Bible