Bible

Proverbs 6 - YLT (Nepali)

1 My son! if thou hast been surety for thy friend, Hast stricken for a stranger thy hand,हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,

2 Hast been snared with sayings of thy mouth, Hast been captured with sayings of thy mouth,तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।

3 Do this now, my son, and be delivered, For thou hast come into the hand of thy friend. Go, trample on thyself, and strengthen thy friend,तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।

4 Give not sleep to thine eyes, And slumber to thine eyelids,अलिकति समय पनि नपर्ख अथवा नसुत।

5 Be delivered as a roe from the hand, And as a bird from the hand of a fowler.मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।

6 Go unto the ant, O slothful one, See her ways and be wise;हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।

7 Which hath not captain, overseer, and ruler,कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन।

8 She doth prepare in summer her bread, She hath gathered in harvest her food.तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।

9 Till when, O slothful one, dost thou lie? When dost thou arise from thy sleep?हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ।

10 A little sleep, a little slumber, A little clasping of the hands to rest,अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।”

11 And thy poverty hath come as a traveller, And thy want as an armed man.अनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।

12 A man of worthlessness, a man of iniquity, Walking `with' perverseness of mouth,एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि

13 Winking with his eyes, speaking with his feet, Directing with his fingers,उसले मानिसहरूलाई छक्याउँन आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।

14 Frowardness `is' in his heart, devising evil at all times, Contentions he sendeth forth.उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।

15 Therefore suddenly cometh his calamity, Instantly he is broken -- and no healing.तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।

16 These six hath Jehovah hated, Yea, seven `are' abominations to His soul.परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।

17 Eyes high -- tongues false -- And hands shedding innocent blood --आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।

18 A heart devising thoughts of vanity -- Feet hasting to run to evil --त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।

19 A false witness `who' doth breathe out lies -- And one sending forth contentions between brethren.नीतिवचन तथा अरू कही पनि जहाँ सात कुराहरू भनिएकोछ, ती सात कुराहरू यी नै भनी कुनै निश्चय छैन। तर सात भन्दा धेरै नै भनिएकोछ। जहाँ सात होइन आठ भनिन्छ, त्यसको अर्थ धेरै भन्दा पनि अझ धेरै मानिनु पर्छ।

20 Keep, my son, the command of thy father, And leave not the law of thy mother.हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।

21 Bind them on thy heart continually, Tie them on thy neck.उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।

22 In thy going up and down, it leadeth thee, In thy lying down, it watcheth over thee, And thou hast awaked -- it talketh `with' thee.जब तिमी अगि बढने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।

23 For a lamp `is' the command, And the law a light, And a way of life `are' reproofs of instruction,किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।

24 To preserve thee from an evil woman, From the flattery of the tongue of a strange woman.तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।

25 Desire not her beauty in thy heart, And let her not take thee with her eyelids.उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।

26 For a harlot consumeth unto a cake of bread, And an adulteress the precious soul hunteth.एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।

27 Doth a man take fire into his bosom, And are his garments not burnt?जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाहि जल्दैन?

28 Doth a man walk on the hot coals, And are his feet not scorched?एउटा मानिस बल्दै गरेको कोइला माथि हिडन सक्छ अनि उसको खुट्टा चाहि जल्दैन के यस्तो हुन सक्छ?

29 So `is' he who hath gone in unto the wife of his neighbour, None who doth touch her is innocent.जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।

30 They do not despise the thief, When he stealeth to fill his soul when he is hungry,कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन।

31 And being found he repayeth sevenfold, All the substance of his house he giveth.तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्।

32 He who committeth adultery `with' a woman lacketh heart, He is destroying his soul who doth it.तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।

33 A stroke and shame he doth find, And his reproach is not wiped away,उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।

34 For jealousy `is' the fury of a man, And he doth not spare in a day of vengeance.त्यस पर स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति दया कहिल्यै जाग्दैन।

35 He accepteth not the appearance of any atonement, Yea, he doth not consent, Though thou dost multiply bribes!त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिंदैनँ।

Nepali Bible