Bible

Proverbs 6 - BBE (Nepali)

1 My son, if you have made yourself responsible for your neighbour, or given your word for another,हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,

2 You are taken as in a net by the words of your mouth, the sayings of your lips have overcome you.तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।

3 Do this, my son, and make yourself free, because you have come into the power of your neighbour; go without waiting, and make a strong request to your neighbour.तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।

4 Give no sleep to your eyes, or rest to them;अलिकति समय पनि नपर्ख अथवा नसुत।

5 Make yourself free, like the roe from the hand of the archer, and the bird from him who puts a net for her.मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।

6 Go to the ant, you hater of work; give thought to her ways and be wise:हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।

7 Having no chief, overseer, or ruler,कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन।

8 She gets her meat in the summer, storing up food at the time of the grain-cutting.तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।

9 How long will you be sleeping, O hater of work? when will you get up from your sleep?हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ।

10 A little sleep, a little rest, a little folding of the hands in sleep:अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।”

11 Then loss will come on you like an outlaw, and your need like an armed manअनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।

12 A good-for-nothing man is an evil-doer; he goes on his way causing trouble with false words;एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि

13 Making signs with his eyes, rubbing with his feet, and giving news with his fingers;उसले मानिसहरूलाई छक्याउँन आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।

14 His mind is ever designing evil: he lets loose violent acts.उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।

15 For this cause his downfall will be sudden; quickly he will be broken, and there will be no help for him.तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।

16 Six things are hated by the Lord; seven things are disgusting to him:परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।

17 Eyes of pride, a false tongue, hands which take life without cause;आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।

18 A heart full of evil designs, feet which are quick in running after sin;त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।

19 A false witness, breathing out untrue words, and one who lets loose violent acts among brothers.नीतिवचन तथा अरू कही पनि जहाँ सात कुराहरू भनिएकोछ, ती सात कुराहरू यी नै भनी कुनै निश्चय छैन। तर सात भन्दा धेरै नै भनिएकोछ। जहाँ सात होइन आठ भनिन्छ, त्यसको अर्थ धेरै भन्दा पनि अझ धेरै मानिनु पर्छ।

20 My son, keep the rule of your father, and have in memory the teaching of your mother:हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।

21 Keep them ever folded in your heart, and have them hanging round your neck.उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।

22 In your walking, it will be your guide; when you are sleeping, it will keep watch over you; when you are awake, it will have talk with you.जब तिमी अगि बढने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।

23 For the rule is a light, and the teaching a shining light; and the guiding words of training are the way of life.किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।

24 They will keep you from the evil woman, from the smooth tongue of the strange woman.तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।

25 Let not your heart's desire go after her fair body; let not her eyes take you prisoner.उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।

26 For a loose woman is looking for a cake of bread, but another man's wife goes after one's very life.एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।

27 May a man take fire to his breast without burning his clothing?जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाहि जल्दैन?

28 Or may one go on lighted coals, and his feet not be burned?एउटा मानिस बल्दै गरेको कोइला माथि हिडन सक्छ अनि उसको खुट्टा चाहि जल्दैन के यस्तो हुन सक्छ?

29 So it is with him who goes in to his neighbour's wife; he who has anything to do with her will not go free from punishment.जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।

30 Men do not have a low opinion of a thief who takes food when he is in need of it:कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन।

31 But if he is taken in the act he will have to give back seven times as much, giving up all his property which is in his house.तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्।

32 He who takes another man's wife is without all sense: he who does it is the cause of destruction to his soul.तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।

33 Wounds will be his and loss of honour, and his shame may not be washed away.उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।

34 For bitter is the wrath of an angry husband; in the day of punishment he will have no mercy.त्यस पर स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति दया कहिल्यै जाग्दैन।

35 He will not take any payment; and he will not make peace with you though your money offerings are increased.त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिंदैनँ।

Nepali Bible