Proverbs 4 - WEB (Nepali)
1 Listen, sons, to a father's instruction. Pay attention and know understanding;हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ।
2 For I give you sound learning. Don't forsake my law.म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।
3 For I was a son to my father, Tender and an only child in the sight of my mother.एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो।
4 He taught me, and said to me: "Let your heart retain my words. Keep my commandments, and live.अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।
5 Get wisdom. Get understanding. Don't forget, neither swerve from the words of my mouth.ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।
6 Don't forsake her, and she will preserve you. Love her, and she will keep you.ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ।
7 Wisdom is supreme. Get wisdom. Yes, though it costs all your possessions, get understanding.सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच।
8 Esteem her, and she will exalt you. She will bring you to honor, when you embrace her.ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अँगाल यसले तिमी मा सम्मान ल्याउनेछ।
9 She will give to your head a garland of grace. She will deliver a crown of splendor to you."उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुगोभित पार्छे।
10 Listen, my son, and receive my sayings. The years of your life will be many.हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।
11 I have taught you in the way of wisdom. I have led you in straight paths.म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु। अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु
12 When you go, your steps will not be hampered. When you run, you will not stumble.जब तिमी अघि बढछौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन।
13 Take firm hold of instruction. Don't let her go. Keep her, for she is your life.अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
14 Don't enter into the path of the wicked. Don't walk in the way of evil men.दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिड।
15 Avoid it, and don't pass by it. Turn from it, and pass on.यसलाई त्याग। यसलाई काटेर पनि नजाऊ! त्यसलाई तिम्रो पिठ्यूँ फर्काई देऊ अनि टाढा हिँड।
16 For they don't sleep, unless they do evil. Their sleep is taken away, unless they make someone fall.दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।
17 For they eat the bread of wickedness, And drink the wine of violence.किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।
18 But the path of the righteous is like the dawning light, That shines more and more until the perfect day.तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।
19 The way of the wicked is like darkness. They don't know what they stumble over.दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।
20 My son, attend to my words. Turn your ear to my sayings.हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्।
21 Let them not depart from your eyes. Keep them in the midst of your heart.ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामने बाट टाढा नराख।
22 For they are life to those who find them, And health to their whole body.मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दूरूस्ती दिन्छ।
23 Keep your heart with all diligence, For out of it is the wellspring of life.सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
24 Put away from yourself a perverse mouth. Put corrupt lips far from you.तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ। झूटो नबोल।
25 Let your eyes look straight ahead. Fix your gaze directly before you.तिम्रा आँखाहरू अघि सधैं मार्ग सोझो रहोस् र आँखाको पलकले सधैं अघि नै ताकिरहेको होस्।
26 Make the path of your feet level. Let all of your ways be established.तिमी हिडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ।
27 Don't turn to the right hand nor to the left. Remove your foot from evil.दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।
Nepali Bible