Proverbs 4 - DBY (Nepali)
1 Hear, ye children, the instruction of a father, and attend to know intelligence;हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ।
2 for I give you good doctrine: forsake ye not my law.म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।
3 For I was a son unto my father, tender and an only one in the sight of my mother.एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो।
4 And he taught me, and said unto me, Let thy heart retain my words; keep my commandments and live.अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।
5 Get wisdom, get intelligence: forget [it] not; neither decline from the words of my mouth.ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।
6 Forsake her not, and she shall keep thee; love her, and she shall preserve thee.ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ।
7 The beginning of wisdom [is], Get wisdom; and with all thy getting get intelligence.सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच।
8 Exalt her, and she shall promote thee; she shall bring thee to honour when thou dost embrace her.ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अँगाल यसले तिमी मा सम्मान ल्याउनेछ।
9 She shall give to thy head a garland of grace; a crown of glory will she bestow upon thee.उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुगोभित पार्छे।
10 Hear, my son, and receive my sayings, and the years of thy life shall be multiplied.हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।
11 I will teach thee in the way of wisdom, I will lead thee in paths of uprightness.म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु। अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु
12 When thou goest, thy steps shall not be straitened; and when thou runnest, thou shalt not stumble.जब तिमी अघि बढछौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन।
13 Take fast hold of instruction, let [her] not go: keep her, for she is thy life.अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
14 Enter not into the path of the wicked, and go not in the way of evil [men]:दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिड।
15 avoid it, pass not by it; turn from it, and pass away.यसलाई त्याग। यसलाई काटेर पनि नजाऊ! त्यसलाई तिम्रो पिठ्यूँ फर्काई देऊ अनि टाढा हिँड।
16 For they sleep not except they have done mischief, and their sleep is taken away unless they have caused [some] to fall.दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।
17 For they eat the bread of wickedness, and drink the wine of violence.किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।
18 But the path of the righteous is as the shining light, going on and brightening until the day be fully come.तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।
19 The way of the wicked is as darkness: they know not at what they stumble.दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।
20 My son, attend to my words; incline thine ear unto my sayings.हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्।
21 Let them not depart from thine eyes; keep them in the midst of thy heart.ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामने बाट टाढा नराख।
22 For they are life unto those that find them, and health to all their flesh.मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दूरूस्ती दिन्छ।
23 Keep thy heart more than anything that is guarded; for out of it are the issues of life.सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
24 Put away from thee perverseness of mouth, and corrupt lips put far from thee.तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ। झूटो नबोल।
25 Let thine eyes look right on, and let thine eyelids look straight before thee.तिम्रा आँखाहरू अघि सधैं मार्ग सोझो रहोस् र आँखाको पलकले सधैं अघि नै ताकिरहेको होस्।
26 Ponder the path of thy feet, and let all thy ways be well-ordered.तिमी हिडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ।
27 Turn not to the right hand nor to the left; remove thy foot from evil.दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।
Nepali Bible