Bible

Proverbs 31 - BBE (Nepali)

1 The words of Lemuel, king of Massa: the teaching which he had from his mother.यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;

2 What am I to say to you, O Lemuel, my oldest son? and what, O son of my body? and what, O son of my oaths?तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ।

3 Do not give your strength to women, or your ways to that which is the destruction of kings.स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम।

4 It is not for kings, O Lemuel, it is not for kings to take wine, or for rulers to say, Where is strong drink?लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।

5 For fear that through drinking they may come to have no respect for the law, wrongly judging the cause of those who are in trouble.तिनीहरूले ज्यादै पिएर यस्तो हुनु सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्।

6 Give strong drink to him who is near to destruction, and wine to him whose soul is bitter:गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।

7 Let him have drink, and his need will go from his mind, and the memory of his trouble will be gone.मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।

8 Let your mouth be open for those who have no voice, in the cause of those who are ready for death.तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।

9 Let your mouth be open, judging rightly, and give right decisions in the cause of the poor and those in need.न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।

10 Who may make discovery of a woman of virtue? For her price is much higher than jewels.असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।

11 The heart of her husband has faith in her, and he will have profit in full measure.तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ अनि कहिल्यै गरीब हुनु पर्दैन।

12 She does him good and not evil all the days of her life.आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार र्गछिन् अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्।

13 She gets wool and linen, working at the business of her hands.तिनी सधैं ऊनी तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्।

14 She is like the trading-ships, getting food from far away.तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै, कहीबाट पनि भोजन लिएर घर आउँछिन्।

15 She gets up while it is still night, and gives meat to her family, and their food to her servant-girls.तिनी बिहानै उठी भोजन पकाउँछिन्, अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाडछिन्।

16 After looking at a field with care, she gets it for a price, planting a vine-garden with the profit of her work.तिनी जमीन निरीक्षण र्गछिन् अनि उचित मूल्यमा किन्छिन् आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।

17 She puts a band of strength round her, and makes her arms strong.तिनी अत्यन्तै परिश्रमी छिन् अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।

18 She sees that her marketing is of profit to her: her light does not go out by night.आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार र्गछिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम र्गछिन्।

19 She puts her hands to the cloth-working rod, and her fingers take the wheel.तिनीले आफैं धागो कात्छिन अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्।

20 Her hands are stretched out to the poor; yes, she is open-handed to those who are in need.गरीबलाई सधैं दान दिन्छिन् अनि दीन-हीन मानिसहरूको खाँचो पूरा र्गछिन्।

21 She has no fear of the snow for her family, for all those in her house are clothed in red.हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।

22 She makes for herself cushions of needlework; her clothing is fair linen and purple.तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिंजाउँछिन अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।

23 Her husband is a man of note in the public place, when he takes his seat among the responsible men of the land.उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।

24 She makes linen robes and gets a price for them, and traders take her cloth bands for a price.तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन् र व्यापारीहरूलाई बेच्छिन्।

25 Strength and self-respect are her clothing; she is facing the future with a smile.तिनी बलीयी अनि मर्यादित छिन्, तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।

26 Her mouth is open to give out wisdom, and the law of mercy is on her tongue.तिनको बोलीमा ज्ञान छ र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।

27 She gives attention to the ways of her family, she does not take her food without working for it.तिनले आफ्नो परिवारको कामको हेरविचार र्गछिन्। तिनले कहिले अल्छी गर्दिनन्।

28 Her children get up and give her honour, and her husband gives her praise, saying,तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,

29 Unnumbered women have done well, but you are better than all of them.“संसारमा धेरै असल स्त्रीहरू छन् तर ती मध्ये तिमी नै सर्वश्रेष्ट हौ।”

30 Fair looks are a deceit, and a beautiful form is of no value; but a woman who has the fear of the Lord is to be praised.आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।

31 Give her credit for what her hands have made: let her be praised by her works in the public place.तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ। 

Nepali Bible