Bible

Proverbs 31 - ASV (Nepali)

1 The words of king Lemuel; the oracle which his mother taught him.यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;

2 What, my son? and what, O son of my womb? And what, O son of my vows?तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ।

3 Give not thy strength unto women, Nor thy ways to that which destroyeth kings.स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम।

4 It is not for kings, O Lemuel, it is not for kings to drink wine; Nor for princes `to say', Where is strong drink?लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।

5 Lest they drink, and forget the law, And pervert the justice `due' to any that is afflicted.तिनीहरूले ज्यादै पिएर यस्तो हुनु सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्।

6 Give strong drink unto him that is ready to perish, And wine unto the bitter in soul:गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।

7 Let him drink, and forget his poverty, And remember his misery no more.मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।

8 Open thy mouth for the dumb, In the cause of all such as are left desolate.तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।

9 Open thy mouth, judge righteously, And minister justice to the poor and needy.न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।

10 A worthy woman who can find? For her price is far above rubies.असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।

11 The heart of her husband trusteth in her, And he shall have no lack of gain.तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ अनि कहिल्यै गरीब हुनु पर्दैन।

12 She doeth him good and not evil All the days of her life.आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार र्गछिन् अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्।

13 She seeketh wool and flax, And worketh willingly with her hands.तिनी सधैं ऊनी तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्।

14 She is like the merchant-ships; She bringeth her bread from afar.तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै, कहीबाट पनि भोजन लिएर घर आउँछिन्।

15 She riseth also while it is yet night, And giveth food to her household, And their task to her maidens.तिनी बिहानै उठी भोजन पकाउँछिन्, अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाडछिन्।

16 She considereth a field, and buyeth it; With the fruit of her hands she planteth a vineyard.तिनी जमीन निरीक्षण र्गछिन् अनि उचित मूल्यमा किन्छिन् आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।

17 She girdeth her loins with strength, And maketh strong her arms.तिनी अत्यन्तै परिश्रमी छिन् अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।

18 She perceiveth that her merchandise is profitable: Her lamp goeth not out by night.आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार र्गछिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम र्गछिन्।

19 She layeth her hands to the distaff, And her hands hold the spindle.तिनीले आफैं धागो कात्छिन अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्।

20 She stretcheth out her hand to the poor; Yea, she reacheth forth her hands to the needy.गरीबलाई सधैं दान दिन्छिन् अनि दीन-हीन मानिसहरूको खाँचो पूरा र्गछिन्।

21 She is not afraid of the snow for her household; For all her household are clothed with scarlet.हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।

22 She maketh for herself carpets of tapestry; Her clothing is fine linen and purple.तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिंजाउँछिन अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।

23 Her husband is known in the gates, When he sitteth among the elders of the land.उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।

24 She maketh linen garments and selleth them, And delivereth girdles unto the merchant.तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन् र व्यापारीहरूलाई बेच्छिन्।

25 Strength and dignity are her clothing; And she laugheth at the time to come.तिनी बलीयी अनि मर्यादित छिन्, तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।

26 She openeth her mouth with wisdom; And the law of kindness is on her tongue.तिनको बोलीमा ज्ञान छ र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।

27 She looketh well to the ways of her household, And eateth not the bread of idleness.तिनले आफ्नो परिवारको कामको हेरविचार र्गछिन्। तिनले कहिले अल्छी गर्दिनन्।

28 Her children rise up, and call her blessed; Her husband `also', and he praiseth her, `saying':तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,

29 Many daughters have done worthily, But thou excellest them all.“संसारमा धेरै असल स्त्रीहरू छन् तर ती मध्ये तिमी नै सर्वश्रेष्ट हौ।”

30 Grace is deceitful, and beauty is vain; `But' a woman that feareth Jehovah, she shall be praised.आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।

31 Give her of the fruit of her hands; And let her works praise her in the gates.तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ। 

Nepali Bible