Proverbs 29 - WEB (Nepali)
1 He who is often rebuked and stiffens his neck Will be destroyed suddenly, with no remedy.यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।
2 When the righteous thrive, the people rejoice; But when the wicked rule, the people groan.जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्।
3 Whoever loves wisdom brings joy to his father; But a companion of prostitutes squanders his wealth.यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ।
4 The king by justice makes the land stable, But he who takes bribes tears it down.एकजना राजाले आफ्नो राज्यलाई न्याय द्वारा बलियो राख्छ, तर घूस लिने मानिसले यसलाई सर्वनाश पार्छ।
5 A man who flatters his neighbor, Spreads a net for his feet.जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिंजाउँछ।
6 An evil man is snared by his sin, But the righteous can sing and be glad.पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।
7 The righteous care about justice for the poor. The wicked aren't concerned about knowledge.धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।
8 Mockers stir up a city, But wise men turn away anger.जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्।
9 If a wise man goes to court with a foolish man, The fool rages or scoffs, and there is no peace.बुद्धिमान मानिस जब मूर्खसित झगडा गर्छ तब मूर्खले तर्क गर्छ र मूर्खतापूर्वक बोल्छ त्यो बहसको कहिल्यै समाधान हुने छैन।
10 The bloodthirsty hate a man of integrity; And they seek the life of the upright.हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ, र उसलाई मार्न चाहान्छ।
11 A fool vents all of his anger, But a wise man brings himself under control.मूर्ख मानिसले आफ्नो रिस थाम्दैन। तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।
12 If a ruler listens to lies, All of his officials are wicked.यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।
13 The poor man and the oppressor have this in common: Yahweh gives sight to the eyes of both.गरीब मानिस र अत्याचारीले महसूस गर्नै पर्छ कि ती दुबै बराबर हुन कारण दुबैलाई परमप्रभुले नै सृष्टि गर्नुभएको हो।
14 The king who fairly judges the poor, His throne shall be established forever.यदि कुनै राजाले गरीबहरूलाई न्यायपूर्वक हेरचाह गर्छन् भने, उनको शासन दीर्घकाल सुरक्षित रहनेछ।
15 The rod of correction gives wisdom, But a child left to himself causes shame to his mother.दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।
16 When the wicked increase, sin increases; But the righteous will see their downfall.खराब मानिसले राष्ट्रलाई शासन गर्छन भने पाप र अपराध बढदो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्।
17 Correct your son, and he will give you peace; Yes, he will bring delight to your soul.तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ; उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।
18 Where there is no revelation, the people cast off restraint; But one who keeps the law is blessed.जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ।
19 A servant can't be corrected by words. Though he understands, yet he will not respond.कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन।
20 Do you see a man who is hasty in his words? There is more hope for a fool than for him.नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ।
21 He who pampers his servant from youth Will have him become a son in the end.यदि तिमीले आफ्नो दासले जो माग्छ सो सधैं दिने गर्यो भने एकदिन यस्तो हुन्छ त्यो तिम्रो दास भएर रहँदैन।
22 An angry man stirs up strife, And a wrathful man abounds in sin.क्रोधी मानिसले धेरै विवाद उठाउछ अनि क्रोध धेरै हुने मानिस धेरै पापहरूको अपराधी हुन्छ।
23 A man's pride brings him low, But one of lowly spirit gains honor.मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।
24 Whoever is an accomplice of a thief is an enemy of his own soul. He takes an oath, but dares not testify.चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ।
25 The fear of man proves to be a snare, But whoever puts his trust in Yahweh is kept safe.अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।
26 Many seek the ruler's favor, But a man's justice comes from Yahweh.धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।
27 A dishonest man detests the righteous, And the upright in their ways detest the wicked.धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमानदार मानिसलाई घृणा गर्छन्।
Nepali Bible