Bible

Proverbs 29 - KJV (Nepali)

1 He, that being often reproved hardeneth his neck, shall suddenly be destroyed, and that without remedy.यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।

2 When the righteous are in authority, the people rejoice: but when the wicked beareth rule, the people mourn.जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्।

3 Whoso loveth wisdom rejoiceth his father: but he that keepeth company with harlots spendeth his substance.यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ।

4 The king by judgment establisheth the land: but he that receiveth gifts overthroweth it.एकजना राजाले आफ्नो राज्यलाई न्याय द्वारा बलियो राख्छ, तर घूस लिने मानिसले यसलाई सर्वनाश पार्छ।

5 A man that flattereth his neighbour spreadeth a net for his feet.जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिंजाउँछ।

6 In the transgression of an evil man there is a snare: but the righteous doth sing and rejoice.पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।

7 The righteous considereth the cause of the poor: but the wicked regardeth not to know it.धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।

8 Scornful men bring a city into a snare: but wise men turn away wrath.जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्।

9 If a wise man contendeth with a foolish man, whether he rage or laugh, there is no rest.बुद्धिमान मानिस जब मूर्खसित झगडा गर्छ तब मूर्खले तर्क गर्छ र मूर्खतापूर्वक बोल्छ त्यो बहसको कहिल्यै समाधान हुने छैन।

10 The bloodthirsty hate the upright: but the just seek his soul.हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ, र उसलाई मार्न चाहान्छ।

11 A fool uttereth all his mind: but a wise man keepeth it in till afterwards.मूर्ख मानिसले आफ्नो रिस थाम्दैन। तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।

12 If a ruler hearken to lies, all his servants are wicked.यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।

13 The poor and the deceitful man meet together: the LORD lighteneth both their eyes.गरीब मानिस र अत्याचारीले महसूस गर्नै पर्छ कि ती दुबै बराबर हुन कारण दुबैलाई परमप्रभुले नै सृष्टि गर्नुभएको हो।

14 The king that faithfully judgeth the poor, his throne shall be established for ever.यदि कुनै राजाले गरीबहरूलाई न्यायपूर्वक हेरचाह गर्छन् भने, उनको शासन दीर्घकाल सुरक्षित रहनेछ।

15 The rod and reproof give wisdom: but a child left to himself bringeth his mother to shame.दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।

16 When the wicked are multiplied, transgression increaseth: but the righteous shall see their fall.खराब मानिसले राष्ट्रलाई शासन गर्छन भने पाप र अपराध बढदो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्।

17 Correct thy son, and he shall give thee rest; yea, he shall give delight unto thy soul.तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ; उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।

18 Where there is no vision, the people perish: but he that keepeth the law, happy is he.जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ।

19 A servant will not be corrected by words: for though he understand he will not answer.कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन।

20 Seest thou a man that is hasty in his words? there is more hope of a fool than of him.नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ।

21 He that delicately bringeth up his servant from a child shall have him become his son at the length.यदि तिमीले आफ्नो दासले जो माग्छ सो सधैं दिने गर्यो भने एकदिन यस्तो हुन्छ त्यो तिम्रो दास भएर रहँदैन।

22 An angry man stirreth up strife, and a furious man aboundeth in transgression.क्रोधी मानिसले धेरै विवाद उठाउछ अनि क्रोध धेरै हुने मानिस धेरै पापहरूको अपराधी हुन्छ।

23 A man's pride shall bring him low: but honour shall uphold the humble in spirit.मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।

24 Whoso is partner with a thief hateth his own soul: he heareth cursing, and bewrayeth it not.चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ।

25 The fear of man bringeth a snare: but whoso putteth his trust in the LORD shall be safe.अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।

26 Many seek the ruler's favour; but every man's judgment cometh from the LORD.धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।

27 An unjust man is an abomination to the just: and he that is upright in the way is abomination to the wicked.धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमानदार मानिसलाई घृणा गर्छन्।

Nepali Bible