Bible

Proverbs 28 - ASV (Nepali)

1 The wicked flee when no man pursueth; But the righteous are bold as a lion.दुष्टको मनमा सधैं डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागिहिंडछ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ।

2 For the transgression of a land many are the princes thereof; But by men of understanding `and' knowledge the state `thereof' shall be prolonged.जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ।

3 A needy man that oppresseth the poor Is `like' a sweeping rain which leaveth no food.एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे वर्षा जस्तै हो उसले अन्न बालि को विनाश गर्छ।

4 They that forsake the law praise the wicked; But such as keep the law contend with them.जसले व्यवस्थाको विधान त्यगि दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छु। उसले तिनीहरूको विरोध गर्छ।

5 Evil men understand not justice; But they that seek Jehovah understand all things.दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ।

6 Better is the poor that walketh in his integrity, Than he that is perverse in `his' ways, though he be rich.इमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन।

7 Whoso keepeth the law is a wise son; But he that is a companion of gluttons shameth his father.जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ।

8 He that augmenteth his substance by interest and increase, Gathereth it for him that hath pity on the poor.जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ।

9 He that turneth away his ear from hearing the law, Even his prayer is an abomination.यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ।

10 Whoso causeth the upright to go astray in an evil way, He shall fall himself into his own pit; But the perfect shall inherit good.धर्मी मानिसहरूलाई पथभ्रष्ट बनाउन खोज्ने मानिस आफ्नै पासोमा पर्छ तर निर्दोष मानिसहरूले असल कुराहरू आर्जन गर्छन्।

11 The rich man is wise in his own conceit; But the poor that hath understanding searcheth him out.धनी मानिस आफ्नो नजरमा बुद्धिमान् हुन सक्छ, तर ज्ञानी गरीब मानिसले उसलाई चिनिहाल्छ।

12 When the righteous triumph, there is great glory; But when the wicked rise, men hide themselves.जब सज्जन मानिसहरूले जितछन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्।

13 He that covereth his transgressions shall not prosper: But whoso confesseth and forsaketh them shall obtain mercy.जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।

14 Happy is the man that feareth alway; But he that hardeneth his heart shall fall into mischief.त्यो मानिस धन्य हो जो परमप्रभु सित डराउँछ, तर जसले आफ्नो हृदय कठोर पार्छ त्यो संकष्टमा पर्छ।

15 `As' a roaring lion, and a ranging bear, `So is' a wicked ruler over a poor people.एउटा दुष्ट शासक जसले गरीब राज्य माथि शासन गर्छ ऊ एकजना गर्जने सिंह जस्तो हो अथवा आक्रमक भालू जस्तो हो।

16 The prince that lacketh understanding is also a great oppressor; `But' he that hateth covetousness shall prolong his days.जब एउटा शासकको विवेक हुदैन त्यहाँ धेरै अत्याचार हुन्छ, तर जसले भ्रष्टचारको उपायबाट कमाएको धनलाई घृणा गर्छ उसले लामो शासन गर्नेछ।

17 A man that is laden with the blood of any person Shall flee unto the pit; let no man stay him.मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।

18 Whoso walketh uprightly shall be delivered; But he that is perverse in `his' ways shall fall at once.यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो इमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ।

19 He that tilleth his land shall have plenty of bread; But he that followeth after vain `persons' shall have poverty enough.एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैं गरीब नै रहन्छ।

20 A faithful man shall abound with blessings; But he that maketh haste to be rich shall not be unpunished.एकजना विश्वासनीय मानिसले धेरै आशिष पाउँछ, तर चाडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ।

21 To have respect of persons is not good; Neither that a man should transgress for a piece of bread.न्यायधीश पक्षपाती हुनु हुदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्।

22 he that hath an evil eye hasteth after riches, And knoweth not that want shall come upon him.एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ।

23 He that rebuketh a man shall afterward find more favor Than he that flattereth with the tongue.चिप्लो घस्ने मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ।

24 Whoso robbeth his father or his mother, and saith, It is no transgression, The same is the companion of a destroyer.एकजना मानिस जसले उसको आफ्नै आमा-बाबुको धन चोर्छ अनि “मैले कुनै गलत गरिनँ” भन्छ भने त्यो मानिस विनाशकारी बर्षा जत्तिकै खराब हो।

25 He that is of a greedy spirit stirreth up strife; But he that putteth his trust in Jehovah shall be made fat.एकजना लोभि मानिसले झगडा उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले त उन्नति गर्छ।

26 He that trusteth in his own heart is a fool; But whoso walketh wisely, he shall be delivered.जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिंड्छ ऊ सुरक्षित रहन्छ।

27 He that giveth unto the poor shall not lack; But he that hideth his eyes shall have many a curse.जसले गरीबहरूलाई दान गरी बस्छ उसलाई अभावले कहिल्यै स्पर्श गर्दैन। तर जो गरीबलाई यादै गर्दैन उसले श्राप पाउँछ।

28 When the wicked rise, men hide themselves; But when they perish, the righteous increase.जब कुनै दुष्टले शक्ति हासिल गर्छ, तब मानिसहरू लुक्छन तर जब दुष्टको विनाश हुन थाल्छ धर्मीहरू सत्तामा आउने छन्।

Nepali Bible