Proverbs 27 - WEB (Nepali)
1 Don't boast about tomorrow; For you don't know what a day may bring forth.तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
2 Let another man praise you, And not your own mouth; A stranger, and not your own lips.आफ्नो प्रशंसा अरूले गरोस्, आफैंले होइन।
3 A stone is heavy, And sand is a burden; But a fool's provocation is heavier than both.ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ ।
4 Wrath is cruel, And anger is overwhelming; But who is able to stand before jealousy?रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
5 Better is open rebuke Than hidden love.लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
6 Faithful are the wounds of a friend; Although the kisses of an enemy are profuse.साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
7 A full soul loathes a honeycomb; But to a hungry soul, every bitter thing is sweet.अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।
8 As a bird that wanders from her nest, So is a man who wanders from his home.आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।
9 Perfume and incense bring joy to the heart; So does earnest counsel from a man's friend.अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।
10 Don't forsake your friend and your father's friend. Don't go to your brother's house in the day of your disaster: Better is a neighbor who is near than a distant brother.आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।
11 Be wise, my son, And bring joy to my heart, Then I can answer my tormentor.हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।
12 A prudent man sees danger and takes refuge; But the simple pass on, and suffer for it:बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए, सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।
13 Take his garment when he puts up collateral for a stranger; Hold it for a wayward woman!एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।
14 He who blesses his neighbor with a loud voice early in the morning, It will be taken as a curse by him.प्रभात स्वागतको लागि जसले छिमेकीको निंन्द्रा बिच्काउन जान्छ उसले श्राप पाउँछ।
15 A continual dropping on a rainy day And a contentious wife are alike:एउटा कचकचे, झगडालु, पत्नी वर्षाको दिनमा पानी चुहुने छाना जस्ती हो।
16 Restraining her is like restraining the wind, Or like grasping oil in his right hand.उसलाई रोक्न कोशीष गर्नु हावा चल्नुबाट रोक्न प्रयास गर्नु जस्तै अथवा हातहरूले तेल समात्न प्रयास गर्नु जस्तै व्यर्थ हो।
17 Iron sharpens iron; So a man sharpens his friend's countenance.जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।
18 Whoever tends the fig tree shall eat its fruit. He who looks after his master shall be honored.जसले अञ्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।
19 As water reflects a face, So a man's heart reflects the man.जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
20 Sheol and Abaddon are never satisfied; And a man's eyes are never satisfied.जसरी चिहान कहिल्ये भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।
21 The crucible is for silver, And the furnace for gold; But man is refined by his praise.सुन र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।
22 Though you grind a fool in a mortar with a pestle along with grain, Yet his foolishness will not be removed from him.मूर्खलाई जाँतोमा पिंधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन।
23 Know well the state of your flocks, And pay attention to your herds:तिमी निश्चित हौ की तिम्रो भेडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ।
24 For riches are not forever, Nor does even the crown endure to all generations.सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन।
25 The hay is removed, and the new growth appears, The grasses of the hills are gathered in.जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ,
26 The lambs are for your clothing, And the goats are the price of a field.तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेडाहरूबाट खेत किन्न सक्ने छौ बाख्राको दूध
27 There will be plenty of goats' milk for your food, For your family's food, And for the nourishment of your servant girls.तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।
Nepali Bible