Proverbs 25:25
टाढा ठाउँ बाट आएको शुभ समाचारहरू त्यत्तिकै शीतल हुन्छ जति गर्मीको दिनमा प्यास र थकित भएर पिएको पानी शीतल हुन्छ।
Proverbs 25:25 in Other Translations
King James Version (KJV)
As cold waters to a thirsty soul, so is good news from a far country.
American Standard Version (ASV)
`As' cold waters to a thirsty soul, So is good news from a far country.
Bible in Basic English (BBE)
As cold water to a tired soul, so is good news from a far country.
Darby English Bible (DBY)
[As] cold waters to a thirsty soul, so is good news from a far country.
World English Bible (WEB)
Like cold water to a thirsty soul, So is good news from a far country.
Young's Literal Translation (YLT)
`As' cold waters for a weary soul, So `is' a good report from a far country.
| As cold | מַ֣יִם | mayim | MA-yeem |
| waters | קָ֭רִים | qārîm | KA-reem |
| to | עַל | ʿal | al |
| a thirsty | נֶ֣פֶשׁ | nepeš | NEH-fesh |
| soul, | עֲיֵפָ֑ה | ʿăyēpâ | uh-yay-FA |
| good is so | וּשְׁמוּעָ֥ה | ûšĕmûʿâ | oo-sheh-moo-AH |
| news | ט֝וֹבָ֗ה | ṭôbâ | TOH-VA |
| from a far | מֵאֶ֥רֶץ | mēʾereṣ | may-EH-rets |
| country. | מֶרְחָֽק׃ | merḥāq | mer-HAHK |
Cross Reference
Proverbs 15:30
एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।
Revelation 22:17
आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।
Revelation 21:6
उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फुहराबाट सित्तैमा दिनेछु।
1 Timothy 1:15
म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महापापी हुँ।
Romans 10:15
तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”
John 7:37
पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ।
Luke 2:10
तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त र्हषित तुल्याउनेछ।
Nahum 1:15
हेर यहूदा! पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ। हेर, त्यले भन्दैछ, ‘त्यहाँ शान्ति छ।’ यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ। यहूदा तिमी आफ्नो भाकल पुरा गर। फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्। ती सबै दुष्टहरु ध्वंश पारिनेछन्।
Jeremiah 18:14
तिमीहरू जान्दछौ कि लबानोन पर्वतहरूबाट हिऊँ कहिल्यै अल्पिदैन अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन।
Isaiah 55:1
“हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।
Isaiah 52:7
एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं!” तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”
Psalm 63:1
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। अनि म तपाईंलाई अत्यन्तै चाहन्छु। मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि तपाईंकै निम्ति तिर्खाउँछु।
Psalm 42:1
हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।
2 Samuel 23:15
दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्छु कसैले मलाई बेतलेहेम शहरछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्छु!”
Judges 15:18
शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”
Exodus 17:6
म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे।
Exodus 17:2
यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।”मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”
Genesis 21:16
तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।