Bible

Proverbs 21 - BBE (Nepali)

1 The king's heart in the hands of the Lord is like the water streams, and by him it is turned in any direction at his pleasure.राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।

2 Every way of a man seems right to himself, but the Lord is the tester of hearts.मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।

3 To do what is right and true is more pleasing to the Lord than an offering.बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।

4 A high look and a heart of pride, *** of the evil-doer is sin.घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन प्रदीपको सलेदोको काम गर्छन्।

5 The purposes of the man of industry have their outcome only in wealth; but one who is over-quick in acting will only come to be in need.लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।

6 He who gets stores of wealth by a false tongue, is going after what is only breath, and searching for death.झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।

7 By their violent acts the evil-doers will be pulled away, because they have no desire to do what is right.दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।

8 Twisted is the way of him who is full of crime; but as for him whose heart is clean, his work is upright.दुष्ट मानिसहरू सधैं अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।

9 It is better to be living in an angle of the house-top, than with a bitter-tongued woman in a wide house.एउटी झगडालु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।

10 The desire of the evil-doer is fixed on evil: he has no kind feeling for his neighbour.दुष्ट मानिसहरू सधैं खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।

11 When the man of pride undergoes punishment, the simple man gets wisdom; and by watching the wise he gets knowledge.दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझैं ज्ञानी हुन्छन्।

12 The Upright One, looking on the house of the evil-doer, lets sinners be overturned to their destruction.परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।

13 He whose ears are stopped at the cry of the poor, will himself get no answer to his cry for help.यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।

14 By a secret offering wrath is turned away, and the heat of angry feelings by money in the folds of the robe.गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।

15 It is a joy to the good man to do right, but it is destruction to the workers of evil.न्यायले इमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।

16 The wanderer from the way of knowledge will have his resting-place among the shades.जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरू सँग समाप्त हुन्छ।

17 The lover of pleasure will be a poor man: the lover of wine and oil will not get wealth.जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्।

18 The evil-doer will be given as a price for the life of the good man, and the worker of deceit in the place of the upright.एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस इमान्दार मानिसको निम्ति हुनेछ।

19 It is better to be living in a waste land, than with a bitter-tongued and angry woman.छिटो रिसाउने र झगडेलु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरूभूमिमा रहनु असल हुन्छ।

20 There is a store of great value in the house of the wise, but it is wasted by the foolish man.बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।

21 He who goes after righteousness and mercy will get life, righteousness, and honour.जो इमान्दार जीवन जीउछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।

22 A wise man goes up into the town of the strong ones, and overcomes its strength in which they put their faith.एकजना ज्ञानी मानिसहरूले सशस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन।

23 He who keeps watch over his mouth and his tongue keeps his soul from troubles.जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।

24 The man of pride, lifted up in soul, is named high-hearted; he is acting in an outburst of pride.जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।

25 The desire of the hater of work is death to him, for his hands will do no work.एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।

26 All the day the sinner goes after his desire: but the upright man gives freely, keeping nothing back.लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ।

27 The offering of evil-doers is disgusting: how much more when they give it with an evil purpose!दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दष्ट अभिप्रायले चढाएको त झन घृणित हुन जान्छ।

28 A false witness will be cut off, ...झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैंको निम्ति बोल्छ।

29 The evil-doer makes his face hard, but as for the upright, he gives thought to his way.एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा इमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।

30 Wisdom and knowledge and wise suggestions are of no use against the Lord.कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।

31 The horse is made ready for the day of war, but power to overcome is from the Lord.मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।

Nepali Bible